News

सर्लाहीमा मतदान अधिकृत पक्राउ , रौतहटमा १५ जना घाईते

सर्लाहीमा मतदान अधिकृत पक्राउ , रौतहटमा १५ जना घाईते

मत दुरुपयोग गरेको आरोपमा सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृत पक्राउ परेका छन् । वडा नम्बर ३ स्थित गाउँपालिका भवन मतदान केन्द्रका उनलाई पक्राउ गरिएको हो ।

मतदान अधिकृत राजकिशोर साह पक्राउ परेको प्रहरीले जनाएको छ। साहले मतदातालाई चुनाव चिन्ह नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको हो।

हाल त्यहाँ मतदान स्थगित भएको सर्लाहीका एसपी प्रवीण पोखरेलले वताए ।

यता, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप हुँदा १५ जना घाईते भएका छन् । उम्मेदवारहरुका समर्थक बीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ।

गढीमाई नगरपालिका–६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको छ। फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद भएको प्रहरीले जनाएको छ। 
 

विशेष