News

बाबुरामलाई प्रश्नः मोबाइल/क्यामेरा कसरी गोप्य कक्षमा लानुभो ?

बाबुरामलाई प्रश्नः मोबाइल/क्यामेरा कसरी गोप्य कक्षमा लानुभो ?

निर्वाचन आयोगले जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले मतदान गर्ने क्रममा मतदन गरेको स्वस्तिक चिन्हसमेत देखाएर खिचेको फोटो सार्वजनिक गरेको विषयमा कारबाही किन गर्नु नपर्ने हो भनेर स्पष्टीकरण सोधेको हो । 

‘यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई साथ लैजानु हुँदैन भन्ने जानकारी थियो, थिएन ? यहाँ देशको पूर्वप्रधानमन्त्री र जिम्मेवार दलको नेताले मत संकेत गर्ने गोप्य कक्षमा के कसरी कुनै अर्को फोटो खिच्ने व्यक्ति साथ लानुभएको थियो ? यहाँले मोबाइल वा क्यामेरा के कसरी गोप्य कक्षमा लानु भयो ?, मत संकेत गर्ने गोप्य कक्षमा फोटो खिच्ने कुनै सामग्री लान नहुने र मत संकेत गरेको मतपत्रको फोटो खिच्न नहुने कानुनी व्यवस्थाको अवज्ञा गर्दै के कति कारणले निसिद्ध स्थानमा लान नमिल्ने सामग्रीमार्फत फोटो लिन लगाई सो फोटो सार्वजनिक गर्नु भएको हो ?’ भन्दै प्रश्न सोधिएको छ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश दिएको छ। 

यो पनि,

बावुराम भट्टराईको तर्क – कानुन मान्नै पर्छ भन्ने छैन

बाबुराम भट्टराईको भोट सुर्यमा परेपछि...

बाबुराम भट्टराई

विशेष