News

सभा गृह अगाडि नाराः सागर, बसन्ते किस्ने– बालेनले हो जित्ने

सभा गृह अगाडि नाराः सागर, बसन्ते किस्ने– बालेनले हो जित्ने

काठमाडौं महानगरको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएपछि राष्ट्रिय सभा गृह अगाडि नाराजुलुस सुरु भएको छ। ‘सागर, बसन्ते किस्ने– बालेन दाई हो जित्ने’ भन्दै युवाहरुले नारा लगाईरहेका छन् ।

-यापर शाहले उम्मेदवारी घोषणा गरेदेखि नै कलाकारहरुको ठुलो हिस्सा उनको पक्षमा छ । अधिकांश युवाको समर्थन पनि उनैले पाएका छन् । दलहरुले राजनीतिमा सेन्डिकेट लगाउन थालेपछि युवाहरुको जमात असन्तुष्ट छ। काम पनि नगर्ने र राजनीतिमा अरुलाई छिर्न पनि नदिने प्रवृत्ति विरुद्ध युवाहरुले विकल्प खोजिरहेका छन् ।

०७४ को स्थानीय तह निर्वाचनमा रन्जु दर्शनाप्रति देखिएको झुकाव र यो निर्वाचनमा बालेन शाहप्रति देखिएको समर्थनले युवाहरु राजनीतिक दलका नेताहरु प्रति रुष्ट भएको संकेत गर्छ । दलहरुले २५ वर्षअघि उम्मेदवार वनेकाहरुलाई पुनः उम्मेदवार वनाउने, योगदान गरेकालाई भन्दा आफनालाई अगाडि वढाउने, युवा पुस्तालाई अवसर नदिने, आफनालाई अगाडि वढाउन नसक्ने अवस्था आए गठवन्धनको प्रपन्च गरेर पनि जिताउने गर्न थालेपछि ‘बालेन’ प्रतिको झुकाव वढेको हो।

शाहले काठमाडौं महानगरको उम्मेदवारी दर्ता गराएपछि केहि कलाकार खुलेरै उनको पक्षमा भोट माग्दै घरदैलो कार्यक्रममा सहभागी भए। युवाहरुले सामाजिक सञ्चालमा बालेनको प्रचारलाई तिव्र पारे। नभन्दै बालेनको पक्षमा मतदाताको झकाव दखिएपछि उनीहरु खुशी मनाइरहेका छन्।

काठमाडौंका जनताले यस पटक दलहरुलाई चुनौती दिएको विश्लेषकहरु वताउँछन् । 

बालेन शाह

विशेष