News

रश्मिलालाई मत गणनाको चिन्ताः नतिजा थाहा पाउन एक हप्ता कुर्नु पर्ने ?

रश्मिलालाई मत गणनाको चिन्ताः नतिजा थाहा पाउन एक हप्ता कुर्नु पर्ने ?

शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउन थालेको छ। सर्वसाधारणहरु निर्वाचन परिणाको नजिता कुरेर वसेका छन् ।

प्राय सवै स्थानीय तहमा मतपरिणाम प्रति चासो ब्यक्त भईरहेपनि खास गरी भरतपुर र काठमाण्डौंमा सर्वसाधारणको चासो वढि छ। भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहालका कारण र काठमाण्डौंमा र्यापर बालेन शाहका कारण चासो छ।

चुनावको मुखमा ‘यौन दुराचार’ को आरोप लागेपछि नेकपा एमालेका उम्मेदवार केशव स्थापितका कारण पनि काठमाण्डौं प्रति नागरिकको चासो अधिक छ। त्यसमाथि सत्ता गठवन्धनका उम्मेदवारलाई हराउन ‘हेभी वेट’ उम्मेदवारका रुपमा अगाडि सारिएका कारण पनि स्थापितको चर्चा धेरै छ।

सर्वसाधारणले मिनेट–मिनेटमा काठमाण्डौको अपडेट खोजिरहेका छन् । तर, काठमाण्डौंका मतगणना भने कछुवा तालमा अघि वढेको छ। एउटा मतपत्र गणना गर्न झण्डै २० मिनेट समय खर्च भईरहेको मत गणनामा खटिएका कर्मचारीहरु वताउँछन् । सुरुवाती चरणमा १ घण्टामा जम्मा ७ वटा मतपत्र मात्रै गणना भएको थियो ।

यो ढिलाई प्रति सर्वसाधारणले असन्तुष्टि ब्यक्त गरिरहेका छन् । रश्मिला प्रजापतिले ‘सामाजिक सञ्जालमा अपडेट खरायो गतिमा, उता मत गणना भने कछुवाको गतिमा ! यो गतिमा काठमाडौंको नतिजा थाहा पाउन एक हप्ता नै लाग्छ कि के हो?’ भन्दै फेसवुकमा प्रश्न गरेकी छिन् ।

संचारकर्मी समेत रहेकी प्रजापतिले नै एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई ‘यौन दुराचार’ को आरोप लगाएकी हुन। काठमाण्डौं महानगरपालिकाकी पूर्व कर्मचारी समेत रहेकी उनले केशव स्थापितको ‘यौन प्रश्ताव’ अस्विकार गर्दा आफुलाई जागिरबाट हटाईएको आरोप लगाउँदै आएकी छिन् ।

यो पनि,

केशव स्थापितको यौन दुराचार प्रकरणमा धुरन्धर पत्रकार पनि मुछिए

रश्मिलाले नेवारी भाषामै केशव स्थापितलाई दिइन दनक !

यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई पोलिग्राफ टेस्ट गर्न चुनौती

विशेष