News

पूर्वसचिव उपाध्यायले बालेनलाई ‘मस्जिद र चर्च’ मा जाउ भनेपछि...

पूर्वसचिव उपाध्यायले बालेनलाई ‘मस्जिद र चर्च’ मा जाउ भनेपछि...

नेपाल सरकारका सेवा निव्रित सचिव भीम उपाध्याय काठमाण्डौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहको प्रचारमा लागेका छन् । उनले सामाजिक सञ्चाल फेसवुकमा बालेनलाई भोट दिन अप्रत्यक्ष रुपमा आग्रह गरेका छन् ।

निर्वाचन आयोगले मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ‘लौरो’ चुनाव चिन्ह प्रदान गरे लगत्तै उपाध्यायले फेसवुक स्ट्याटरमा लौरो राखेर त्यसको उपयोगिताको वारेमा प्रचार गरेका छन्। उनले लेखेका छन्–‘कतै विपन्न बुढाबुढी वा खुट्टामा समस्या भएका कोही दाजुभाइ दिदीबहिनी छन् र सहाराका लागि दह्रो बलियो टिकाउ लौरो चाहिएको छ भने हामी उपलब्ध गराउने छौँ। सम्पर्क गराउनु होला!’

उनको यो स्ट्याटस लौरोकै आवश्यक्ता भएकालाई भन्दा पनि बालेन शाहको प्रचार भएको जानकारहरु वताउँछन्। विपन्न बुढाबुढी तथा अशक्तहरुका लागि बालेन शाहनै उपयुक्त उम्मेदवार रहेको प्रचार गर्न उनले लौरोको सहारा लिएको कतिपय वताउँछन्।

यतिमात्रै होईन, उनले सामाजिक सञ्जालबाट बालेनलाई ५ वुँदे सल्लाह पनि दिएका छन् । यस्तो छ बालेनलाई उपाध्यायको सल्लाह
१. आजै महान नेता स्व गणेशमानको शालिकमा गएर श्रद्धान्जली अर्पण गर्दै उनको लौरोलाई साक्षी राख्दै काठजनताको सेवा गर्ने आशिर्वाद र वर माग्नुहोला। श्रद्धासुमन अर्पणको क्रममा गणेशमानले पूरा गर्न बाँकी काठमाण्डौँलाई ‘अहा काठमाण्डौँ’ भन्ने शहर बनाउन र सुशासन ल्याउन बाँकी काम पूरा गर्न सक्ने शक्ति पाउँ भन्नुहोला। 
२. सिर्जना भाउजू र प्रकाशमानसँग भेटेर सहयोग माग्नुहोला।
४. केशव स्थापितसँग भेटेर समर्थन गरिदिन अनुरोध गर्नुहोला। 
३. शेरबहादुर देउवा, माधव नेपाल,  प्रचण्ड, बाबुराम  र केपी ओलीसँग सकेसम्म १ मिनेट भेटेर भए पनि आशिर्वाद थाप्नुहोला।
४. काठमाडौँस्थित पशुपतिनाथ, स्वयंभू, मस्जिद, गुरूद्वारा र चर्च जस्ता धार्मिक आस्थाका केन्द्रमा गएर काठजनताको हितमा काम गर्ने अवसर पाउँ भनी प्रार्थना गर्नुहोला। 
५. ‘म कसैको विरूद्ध उठेको हैन, काठजनता, नेपाल र विश्व समुदायको हितमा यो प्रयास गरेको छु, म तपाईहरूकै भाइछोरा हुँ, कसैको अहित गर्नेछैन, सबैको मान गर्नेछु’ भनेर सबैलाई आश्वस्त बनाउदै गर्नुहोला।

उपाध्याय फेसबुकमा जथाभावी स्ट्याटस लेखेको भन्दै एक वर्षअघि ०७७ वैशाखमा उपाध्याय पक्राउ परेका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लक्षित टिप्पणी गरे बापत पक्राउ परेका उनी चार दिन हिरासत बसेका थिए। पछि उनलाई २५ हजार धरौटी रिहा गरिएको थियो। सामाजिक सञ्जालमा जथामावी लेखेर साइबर कानून उल्लंघन गरेको आरोपमा पक्राउ परेका उपाध्यायले आफ्नो गिरफ्तारी लोकतन्त्रमाथि प्रहार भएको बताएका थिए । 
 

भीम उपाध्याय बालेन शाह

विशेष