News

भतरपुरमा रेनु २० मतले अगाडि, विजय पछि परे

भतरपुरमा रेनु २० मतले अगाडि, विजय पछि परे

भतरपुर महानगरपालिकामा फेरी रेणु दाहालले अग्रता लिएकी छिन् । यसअघि दुबै उम्मेदवारले बराबर मत पाएका थिए ।

७०० मतगणना हुँदा रेणुले २० मतले अग्रता पाएकी छिन् । उनले २७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २५८ मत पाएका छन् । साढे ४ सय मतगणना हुँदा दुवैले १६७–१६७ मत पाएका थिए । रेणु र विजयको कडा टक्कर छ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३१७ मतका साथ अग्रता लिएका छन् भने राप्रपाकी हिमला गुरुङले १९९ मत पाएकी छन् ।

भरतपुरमा कांग्रेस र माओवादीबीच गठबन्धन छ भने एमाले र राप्रपाबीच पनि गठबन्धन बनेको छ । 

विशेष