News

बालेनको स्पिड घट्यो, छेवैमा पुगे स्थापित

बालेनको स्पिड घट्यो, छेवैमा पुगे स्थापित

काठमाण्डौ महानगरपालिका राजनीतिक दलका स्थापित उम्मेदवारहरुलाई निकै पछाडि छोडेका स्वतन्त्र उम्मेदवार बालेन साहको रफ्तार घटेको छ। नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले उनीसँगको मतान्तर घटाउँदै लगेका छन्।

पछिल्लो अपडेट अनुसार बालेन साह स्थापितभन्दा ३१ मतले मात्रै अगाडि छन् । बालेनले ५५७ मत ल्याउँदा स्थापितले ५२६ मत ल्याएका छन्। कांग्रेसकी सिर्जनाले ३१७ मत ल्याएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ६८ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार सुमन सायमीको ७२ र विवेकशील साझाकी समीक्षा बाँस्कोटाको १३ मत छ। 

उपमेयरमा एमालेकी सुनीता डंगोलले फराकिलो मतान्तरले अग्रता लिएकी छिन् । उनको पछिल्लो परिणाम ६०२ मत छ। नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १२६ र राप्रपाकी विनीता मगैयाले १२६ मत पाएका छन् । 
 

विशेष