News

सोलुमा मतदाता घर पुर्याउने विषयमा झडप हुँदा एक जनाको मृत्यु

सोलुमा मतदाता घर पुर्याउने विषयमा झडप हुँदा एक जनाको मृत्यु

सोलुखुम्वुमा मतदाता घर पुर्याउने विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोताङ गाउँपालिकामा ३ मा भोट खासल्न आएकी विरामी वृद्धा महिलालाई घर पुर्याउने विषयमा कांग्रेस र माओवादी कार्यकर्ता विच विवादपछि झडप भएको थियो।

शुक्रबार साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कांग्रेस कार्यकर्ताको ढुंगा लागेर टाउकोमा चोट लागेका राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने घर पु¥याउन बेवास्ता गरेको भन्दै कांग्रेसका कार्यकर्ताले विवाद सुरु गरेका थिए। दमको विरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको छ ।
 

विशेष