News

निर्वाचन आयोगसँग विच्किए बालेन, यस्तो लेखे स्ट्याटस

निर्वाचन आयोगसँग विच्किए बालेन, यस्तो लेखे स्ट्याटस

मत गणनामा प्रतिनिधि राख्ने विषयमा काठमाण्डौंका स्वतन्त्र उम्मेदवार बालेन शाहले निर्वाचन आयोगप्रति तिव्र असन्तुष्टि जनाएका छन्। बालनेले फेसवुक मार्फत आफनो असन्तुष्टि ब्यक्त गरेका छन् ।

प्रतिनिधि राख्ने विषयमा आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई विभेद गरेको उनले आरोप लगाएका छन् । राजनीतिक दलका हरेक उम्मेदवारका आ–आफना प्रतिनिधि बस्न पाउने र ५ जना स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि वन्न पाउने ब्यवस्था गरेर अन्याय गरिएको उनले जनाएका छन् ।

‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्दतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिष्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?’– उनले प्रश्न गरेका छन् ।  

स्वतन्त्रहरु आफैमा फरक–फरक विचार, समूह र उम्मेदवार भएको भन्दै उनले ‘उनीहरु आफै बिचमा प्रतिष्पर्धा हुन्छ । यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधी छान्ने हो ? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया र बिधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन’ भन्दै तर्क गरेका छन् ।

सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगर्न उनले माग गरेका छन् । ‘५ जना स्वतन्त्रको एकजना साझा प्रतिनिधी भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपुर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ’ सामाजिक सञ्जालमा लेखेका छन्–‘यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपुर्ण हुदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् । र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस् ।’

बालेनले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै तत्काल कार्यान्वयनका लागि अपिल गरेका छन् ।
 

बालेन शाह

विशेष