News

काठमाण्डौंमा मतगणनामा अत्याधिक ढिलाई, १ घण्टामा ७ वटा मतपत्र गणना

काठमाण्डौंमा मतगणनामा अत्याधिक ढिलाई, १ घण्टामा ७ वटा मतपत्र गणना

काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना छन् । काठमाडौं महानगरपालिकामा पहिलो मतगणना परिणाम आउँदा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि छन् ।

काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन्। दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्। 

वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ। अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन्। 

३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ । मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन शाह आफै पुगेका छन्। मेयरका अन्य प्रमुख उम्मेदवारहरू मतदानस्थलमा छैनन्। यसअघि शुक्रबार मतदान सकिएपछि स्वतन्त्र उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो। 

पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए। सर्वदलीय बैठकले उनको माग पनि सम्बोधन गरेको थियो। 
 

विशेष