News

भरतपुरः २० मत गन्दा स्वतन्त्र उम्मेदवार पौडेललाई १ मत

भरतपुरः २० मत गन्दा स्वतन्त्र उम्मेदवार पौडेललाई १ मत

चितवनको भरतपुर महानगरपालिकामा २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ मत पाएका छन् । एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ पाएका छन् ।

एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मत दान गरेका थिए । यहाँ माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन् ।

नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छ । यद्यपि कांग्रेसबाट असन्तुष्ट बनेका जगन्नाथ पौडेलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

भरतपुर महानगरपालिकामा कूल जनसंख्या ३,६९,३७७ रहेको छ भने कुल मतदाता संख्या १,८५,७५२ रहेको छ । जसमा ८८,८८४ पुरुष र ९६,८६७ महिला रहेका छन् । यस महानगरपालिकामा २९ वडा छन् ।

मतगणना भइरहँदा मेयरका तीन प्रतिष्पर्धी सँगै वसेका छन् । अहिले वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना भइरहेको छ। 
 

भरतपुर

विशेष