News

सर्लाहीमा झडप भएपछि प्रहरीले गोली चलायो

सर्लाहीमा झडप भएपछि प्रहरीले गोली चलायो

सर्लाहीको कोडेना गाउँपालिकामा दलहरूबीच झडप भएपपछि प्रहरीले गोली चलाएको छ। 

पुनः मतदान र मत गणनाको माग गरिरहेका दलहरु विच विवाद भएपछि झडप भएको हो । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र)ले पुनः मतदानको माग गरिरहेका छन् भने नेपाली कांग्रेसका नेता–कार्यकर्ताले मतगणनाको माग गरिरहेका छन् ।

विवाद भएपछि झडप भएको छ। कांग्रेस समर्थकले कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय सवार गाडीमा ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त भएपछि प्रहरीले ५ राउन्ड हवाइफायर गरेको छ। 

कोडेनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालका अनुसार मतदानमा धाँधली भएको भन्दै जसपा नेताले पुनः मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज निवेदन समेत दिएको छ। निवेदन निर्वाचन आयोगको कार्यालयलाई पठाइसकेको तर निर्णय आउन बाँकी रहेको उनले बताए। 

कोडेनामा मतदानको क्रममा शुक्रबार पनि दलका नेता–कार्यकर्ताबीच झडप भएको थियो।
 

विशेष