News

भरतपुरमा मतगणना रोकियो, गणना स्थलमा होहल्ला

भरतपुरमा मतगणना रोकियो, गणना स्थलमा होहल्ला

भरतपुरमा मतगणना रोकिएको छ। अस्पष्ट स्वस्तिक छापको मत सदर गर्ने की वदर गर्ने विषयमा विवाद भएपछि गणना राकिएको हो ।

मत्रपत्रको छापका विषयमा दलका प्रतिनिधिले आपत्ति जनाएपछि मत गणना स्थगित भएको जनार्यएको छ। छ । मत चिन्हभित्र पर्ने गरेर छाप लगाएपनि संकेत मधुरो देखिएका कारण बदर गरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।

विवादका कारण गणना स्थलभित्र होहल्ला छ । एमालेले त्यस्तो मत सदर गर्नुपर्ने माग गरेको छ। 

भरतपुरमा वडा नम्बर १ को गणना सकिएको छ भने २ को गणना भइरहेको छ । हालसम्म माओवादी केन्द्रकी रेनु दाहालले १८६७ र नेकपा एमालेका विजय सुवेदीले १८१४ मत पाएका छन् । 
 

विशेष