News

काठमाण्डौंमा बालेनको १६७६ मतको अग्रता, पछि परे स्थापित

काठमाण्डौंमा बालेनको १६७६ मतको अग्रता, पछि परे स्थापित

काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै छ। उनी १६७६ मतले अगाडि छन् ।

उनले ३ हजार ५ सय ३२ मत ल्याएर अग्रता बनाइरहेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत प्राप्त गरेकी छन् । 

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३ हजार ३ सय १७, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ६२ मत प्राप्त गरेका छन् । 

यो पनि,
काठमाण्डौंमा केशव स्थापित कमजोर हुनका यस्ता छन् ५ कारण

विशेष