News

भरतपुरमा एमालेलाई तीन मतको अग्रता, सुस्ताईन रेनु

भरतपुरमा एमालेलाई तीन मतको अग्रता, सुस्ताईन रेनु

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ मतको अग्रता लिएका छन् । 

पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् । दाहालले २ हजार ४६५ मत ल्याएकी छन् ।

यसअघि दाहाल झिनो अग्रता बनाइरहेकी थिइन् । भरतपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् ।

भरतपुर महानगरमा दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ । पौडेल कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका हुन।

विशेष