News अपराध सुरक्षा

आईजिपी नियुक्ति गर्न मन्त्री परिषद बैठक वस्दै, सिंहलाई देउवाको वचन

आईजिपी नियुक्ति गर्न मन्त्री परिषद बैठक वस्दै, सिंहलाई देउवाको वचन

आईजिपी नियुक्ति लगायतका विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी आजैदेखि नियमित अवकाशमा जाँने भएपछि बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी नियुक्तिको निर्णय गर्ने वताईएको छ। आइजिपी नियुक्तिका विषयमा शनिबार बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो।

नेपाल प्रहरीका आइजिपी शैलेश क्षापा क्षेत्री र सशस्त्र प्रहरीका आइजिपी पुष्पराम केसी आजदेखि अवकाशमा जाँदैछन्। सशस्त्रको आइजिपी राजु अर्याललाई बनाउने तयारी छ भने नेपाल प्रहरीको आइजिपीका लागि भने चार जना दौडमा छन्। 

धिरजप्रताप सिंह, विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक आइजिपी हुने दौडमा छन्। यीमध्ये एकलाई आइजिपी बनाउने तयारी छ। स्रोतका अनुसार प्रधानमन्त्री देउवा धिरजप्रतापलाई आइजिपी बनाउने पक्षमा उभिएका छन्।

शनिवार भएको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले धीरजप्रताप सिंहलाई नै महानिरीक्षक बनाउन आफूले वचन दिइसकेकाले सोहीअनुसार प्रस्ताव बनाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएको बताईएको छ।
 

धीरजप्रताप सिंह

विशेष