News

काठमाण्डौंमा केशव स्थापित कमजोर हुनका यस्ता छन् ५ कारण

काठमाण्डौंमा केशव स्थापित कमजोर हुनका यस्ता छन् ५ कारण

स्थानीय तह निर्वाचनको करिव १० दिनअघि नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार वनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति छुद्र आलोचना गरे। उनले बालेनलाई फुच्चा फुच्ची भन्दै ‘अन्तर्राष्ट्रिय ठग’ को पगरी समेत गुथाई दिए ।

बालनेलाई ‘मधेशी’ भएको पुष्टि गर्न सके उनीप्रतिको क्रेज घटाउन सकिने मानशिक्ता बोकेका स्थापितले ‘आफु काठमाण्डौंको रैथाने र ठकुरी शाह भन्यो’ भन्दै प्रचार गरे। ‘एउटा फुच्चे भन्ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ’ स्थापितले भनेका थिए–‘म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनु पर्दैन ?’

स्थापितले फुच्चेफाच्चेहरु आ–आफै काटमार गरेर मर्ने भन्दै आफ्नो तुलनाको प्रतिस्पर्धि नै नभएको दावी गरे । तर, मतको अवस्था अवस्था हेर्दा स्थापितलाई आफनो बोली नै भारी पर्ने देखिएको छ। बालेनले पाएको मत हेर्दा सर्वसाधारण मात्र होईन, राजनीतिक दलका नेता/कार्यकर्ता समेत आश्चर्य चकित छन् ।

सामान्यतयाः एक्लो मान्छेले दलिय चुनावमा उम्मेदवारी दिएर जित्छु नै भन्ने हिम्मत गर्दैन । त्यसमाथि राजनीतिक दलको अस्वस्थ प्रतिस्पर्धा र जित्नका लागि साम, दाम, दण्ड, भेद सवै उपाय लगाउने नेताहरुका अगाडि बालेन साह निरिह हुन्छन भन्ने धेरैलाई थियो। धुरन्धर विश्लेषकहरुले सामाजिक सञ्जालमा देखिएको बालेनको क्रेज मतमा परिणत गर्न समस्या हुने र अन्त्यमा एमालेका स्थापित र गठवन्धनकी सिर्जना बीचमै प्रतिस्पर्धा हुने आँकलन गरे।

तर, मतगणनामा शाहले मतान्तर बढाउँदै लगेका छन्। ५ हजार ९ सय ८३ मत गणना गर्दा शाहले २०७१ मत, एमालेका स्थापितले ११६४ मत, र गठबन्धनकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले १ हजार ६ मत  पाएका छन्।

प्राप्त मतको तुलना गर्दा यो अवस्था कसरी आयो भन्नेमा सवैको चासो छ। खास गरी बालेन अगाडि आउने र जितको सम्भावना देखिएका केशब स्थापित कमजोर हुनुमा यी ५ कारण प्रमुख देखिएका छन् ।

१ रामवीर मानन्धरको असहयोग
काठमाण्डौं महानगरपालिकाको मेयर बन्ने योजना वनाएर प्रदेश सांसदबाट राजिनामा दिएका स्थापितलाई आफनो पार्टीभित्रैबाट असहयोग भयो। पुराना तथा इमान्दार नेताको छवि वनाएका र वडाध्यक्ष देखि मन्त्रीसम्म भईसकेका रामवीर माननधरलगायतले स्थापितलाई असहयोग गरे ।

मानन्धरले स्थापितलाई सामान्य असहयोग मात्र गरेनन्। चुनावको मुखमा केशव स्थापितलाई नै लक्षित गरी उनको अन्तर्वार्ता छापियो। जसमा बसपार्क ५० वर्षसम्मका लागि लिजमा दिने, धरहरा लिजमा दिने, सुन्धाराको पानी सुक्ने गरी काठमाडौँ मल वनाउन अनुमती दिने, आकाशे पुल निर्माणको ठेक्का मिलेमतोमा दिने, माइतीघर मण्डला बनाउन अनावश्यक खर्च देखाउनेलगायतका विषयमा स्थापितको आलोचना गरिएको छ।

स्थापितलगायत कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई र दीपक निरौला जस्ता नेताहरु एमाले सिध्याउने अभियानमा लागेको भन्दै मानन्धरले प्रचार गरे। पार्टी भित्रको यही असहयोग स्थापित पडाडि पर्नुको  एउटा कारण भएको राजनीतिक विश्लेषहरु वताउँछन् ।

२ मिटु प्रकरण
चुनावको मुखमा केशव स्थापितमाथि लाग्दै आएको ‘यौन दुराचार’ को आरोप ब्युँतियो। सञ्चारकर्मी तथा काठमाण्डौं महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले सामाजिक सञ्चाल मार्फत ‘एमालेले यौन दुराचारीलाई उम्मेदवार वनाएको’ भन्दै विरोध जनाईन। सामाजिक सञ्चारमा उनको आलोचनाले शिखर चुम्यो। जहाँ गएपनि र जस्लाई भेटेपनि स्थापितमाथि त्यही प्रश्नले खेदिरह्यो। उनले प्रयत्न गरेको भए यो विषयलाई सामान्य वनाउन सक्थे। तर, आवेगमा आएर उनले तथानाम बोल्न थाले। एउटा कार्यक्रममा त उनले हुल्दुङ्गा नै गरे। प्रश्न सोध्ने एक किशोरीलाई उनले ‘यु आर नाईस लेडि, तर तिम्रो थुतुनो ठिक छैन’ भन्दै जाई लागे। एकातर्फ महिलाप्रति असम्वेदनशिल र अर्कोतर्फ हप्की र दप्की गर्न थालेपछि सर्वसाधारणको नजरमा स्थापितको इज्जत धुलिसात भयो।

३ बिवादास्पद अभिब्यक्ति
हुन त केशव स्थापित भनेको विवादको अर्को नाम हो। यो कुरा उनी स्वयम पनि स्विकार्छन। ‘रिसको भाँडो हुँ, कराते खेलेको छु’ भन्दै हिडेपछि उनी थप विवादित भए। उनले विवादै विवादका विचमा चुनाव जित्ने सोचे, तर यस पटकको विवाद उनका लागि निकै महंगो सावित भयो। एकपछि अर्को विवादित अभिब्यक्तिकै कारण पनि उनी पछाडि परे।

४ मधेसी समुदायलाई अपमान
कुनै एउटा समय थियो, काठमाण्डौंले मधेशीलाई मान्छे नै गन्दैनथ्यो। गन्दैनथ्यो मात्रै होईन, मधेशीलाई मान्छेको दर्जा नै दिदैनथ्यो। ‘मनु मखुः, मर्स्या खः’ अर्थात ‘मान्छे होईन, मधेशी हो’ भन्ने मानशिक्ताका मानिस थिए काठमाण्डौंमा भन्ने गरिन्छ। स्थापितले यही सम्झेर होला, ‘बालेनलाई मधेशी भनेर चिनाई दिन पाए’ चुनाव जितेन्छ भन्ने सोचर बालेन विरुद्ध छुद्र हालोचना गरे।

तर, सधै उनले सोचेजस्तो किन हुन्थ्यो। काठमाण्डौंका जनताले स्थापितको सोही गलत अभिब्यक्ति सच्याउन बालेनलाई भोट खन्याई दिए। बालेनले पाएको मत भनेको ‘मधेशी पनि मान्छे हो, मान्छे–मान्छे बीचमा केही फरक छैन’ भन्ने काठमाण्डौंवासीको अभिब्यक्ति पनि भएको कतिपयले विश्लेषण गर्न थालेका छन् । बालेनले पाएको मत मधेशी प्रतिको सम्मान भएको उनीहरुको बुझाई छ।

५ नेवार समुदायमा मात्रै केन्द्रित    
काठमाण्डौंमा चुनावको गर्मी वढ्दै गर्दा अन्य उम्मेदवारले झै चौतिर्फी ध्यान पुर्याउन नसक्नु पनि स्थापितका लागि कमजोरी सावित भयो। टेकुदेखि ठमेल र भीमसेनस्थानदेखि असनसम्मको टेकु, त्रिपुरेश्वर, भोटेबहाल, गणबहाल, लगन, ब्रह्मटोल, झोछेँ, वसन्तपुर, मरू, भीमसेनस्थान, यट्खा, इन्द्रचोक, असन, बांगेमुडा, नरदेवी, क्षत्रपाटी, ठमेल लगायतका कोर सिटी (नेवार वस्ति) मा स्थापित केन्द्रित भए ।

काठमाडौं कोर–सिटीमा वडा नम्बर ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६ र २७ वडा पर्छन्। नेवार समुदायको बाहुल्य रहेको यो क्षेत्रमा सधैं नै एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने गरेको छ।

पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका यिनै मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।

यो पनि,

केशव स्थापित

विशेष