News

ओलीको नगरमा ६ दलिय गठवन्धनलाई एमालेको कडा टक्कर

ओलीको नगरमा ६ दलिय गठवन्धनलाई एमालेको कडा टक्कर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा एमालेले ६ दलिय गठवन्धनलाई कडा टक्कर दिएको छ। दमकमा सत्तारुढ पाँच दलले राप्रपासँग पनि गठवन्धन गरेका छन् ।

तर, ६ दलिय गठवन्धनलाई हराउँदै दमक नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार हरी न्यौपानेको प्यानलै विजयी भएको छ। न्यौपानेले १२ सय ८८ मत ल्याउँदा गठबन्धनका तारा अधिकारीले १२ सय ६३ मत ल्याइन्।

नगरपालिका प्रमुखमा पनि एमालेकै गीता अधिकारीले अग्रता जारी राखेकी छन्। उनले गठबन्धनका उम्मेदवारलाई ४१ मतले पछि पारेकी छन्। उपप्रमुखमा भने गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता लिँदा एमालेबाट उपप्रमुख उम्मेदवार अम्बिका खनालले ११ सय ४९ मत पाएकी छन्।
 

विशेष