News

तनावमा आएर उदयपुरका मुख्य निर्वाचन अधिकृतले राजिनामा दिए

तनावमा आएर उदयपुरका मुख्य निर्वाचन अधिकृतले राजिनामा दिए

उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचनको काम नसकिँदै राजिनामा दिएका छन् । स्वास्थ्यको कारण देखाए पनि उदयपुरका दुई ठाउँमा मतदानमा देखिएको विवादका कारण तनावमा आएर उनले राजिनामा दिएको आशंका गरिएको छ।

कार्यालयको काम गरिरहेकै बेला शनिबार बेहोस भएका खनालले निर्वाचनको बाँकी काम गर्न नसक्ने जनाउादै निर्वाचन आयोगलाई राजिनामा पठाएका छन् । त्रियुगा नगरपालिका–१२ र कटारी नगरपालिका १० मा मतदानका क्रममा विवाद भएपछि उनी तनावमा थिए ।

जिल्लाका ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएर मतदान स्थगित भएको छ भने कटारी नगरपालिका –१० मा प्रहरीको गोली लागेर १ जना युवाको मृत्यु भएको छ।
 

विशेष