News

मोदीको भ्रमणमा नेपाल–भारतबीच ६ बुँदे सम्झौता

मोदीको भ्रमणमा नेपाल–भारतबीच ६ बुँदे सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतका बीच विभिन्न ६ वटा विषयमा सम्झौता भएको छ। 

भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो ।

यी हुन नेपाल–भारत बीच भएका सम्झौताहरू

१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता।

२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।

३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता।

४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच सहयोगको सम्झौता।

५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने सम्झौता।

६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए)बीच सम्झौता।
 

विशेष