News

२८ किलोको खसी बाजी राखेका दुई युवा पक्राउ

२८ किलोको खसी बाजी राखेका दुई युवा पक्राउ

काठमाण्डौ महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहको हारजितमा २८ किलोको खसी बाजी राखेका दुई युवालाई सोमवार प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई सट्टेबाजी कसुरमा पक्राउ गरेर अनुसन्धान थालिएको छ।

बालेनले जित्ने कि हार्ने भन्ने विषयमा बाजी राख्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ का रमेश खड्का र विजय फुयाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।

उनीहरुले २८ किलोको खसी बाजी राखेको कागज सामाजिक सञ्चालमा छ्यापछ्पी छ। जसमा सुमन बाँस्तोला, सरोज खतिवडा र दिनेश आचार्य बाजीमा साक्षी बसेका छन् । सामाजिक सञ्जालमा मार्फत यो विषय सार्वजनिक भएपछि खोटाङ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

नेपालमा कुनै पनि विषयमा हार्ने कि जित्ने भनेर बाजी राख्ने पाईदैन। यसरी राखिने बाजीलाई नेपालमा सट्टेबाजी भन्दै कानुन विपरीत मानिन्छ । केही देशहरूमा भने सट्टेबाजीलाई वैधता दिइएको छ । बालेन लौरो चुनाव चिह्नबाट काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार हुन् । उनी अहिले अन्य उम्मेदवारभन्दा धेरै अगाडि छन् ।

बालेन साह

विशेष