News

एमाले अध्यक्ष ओलीले गरे जापानी भाषाको अपमान

एमाले अध्यक्ष ओलीले गरे जापानी भाषाको अपमान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानी भाषाको अपमान गरेका छन्। उनले जापानी भाषालाई गालीको रुपमा ब्याख्या गरेका छन् ।

उनले आफनो विपक्षीतर्फ लक्षित गर्दै उनीहरुको नाम जापानी भाषामा राख्नु पर्ने वताए । तर, उनको यो भनाई को प्रति लक्षित छ भन्ने खुलेको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा उनले भनेका छन्–‘यिनीहरुको नाम त जापानीमा राख्नु पर्ने। जापानी नाम कस्तो हुन्छ भने ‘हुतिहारा मोरा’। नेपाली नाम मिलेन यिनीहरुको, जापानीमा राख्नु पर्ने यिनीहरुको’

उनले बोल्ने क्रममा ‘हुतिहारा मोरा’ लाई गाली गर्ने शब्दको रुपमा प्रयोग गरेका छन् । 

विशेष