माओवादीबाट कांग्रेसले सिक्योः ओखलढुङ्गामा मतपत्र च्यातेपछि गणना स्थगित
![माओवादीबाट कांग्रेसले सिक्योः ओखलढुङ्गामा मतपत्र च्यातेपछि गणना स्थगित](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/nirbachan-02183.jpg)
०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमा देखिएको समस्या यो निर्वाचनमा ओखलढुङ्गामा सरेको छ। भरतपुरमा माओवादी कार्यकर्ताले सिकाएको मतपत्र च्यात्ने उपाय ओखलढुङ्गाामा कांग्रेस कार्यकर्ताले सिकेका छन् ।
कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि चिशंखुगढी गाउँपालिका–३ को मतगणना रोकिएको छ । वडाको मतगणना गर्दा नेपाली काँग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेद्वारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो । पुनः मत गणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि काँग्रेसका प्रतिनिधिले दुई थान मतपत्र च्यातेको वताईएको छ। उनीहरुले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेका हुन् ।
चिशंखुगढी गाउँपालिकाकी निर्वाचन अधिकृत कमला काफ्लेले कााग्रेसको प्रतिनिधिले मतगणनाको क्रममा बदर भनेर राखिएको दुई थान मतपत्र तारजाली बाहिरबाट हात हालेर तानेर च्यातेको बताइन् ।
मतपत्र च्यातेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। डिएसपी सुकदेव खनालले काग्रेसका जिल्ला सचिव समेत रहेका राजकुमार ढुंगाना सहित तीनलाई नियन्त्रणमा लएको वताए ।
निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेर कसरी बाँकी मतगणना गर्ने भन्ने विषयमा छलफल गर्न लागेको छ।
चिशंखुगढीमा माओवादी र कांग्रेसकै गठबन्धनमा प्रमूख र उपप्रमूखको उम्मेद्वार विजयी भईसकेका छन् । वडा नं. ३ मा भने गठबन्धन हुन नसक्दा कांग्रेस माओवादीको छुट्टाछुट्टै वडाअध्यक्षको उम्मेद्वार प्रतिस्पर्धामा थिए ।