News

भरतपुरमा रेनुलाई १७ मतको अग्रता

भरतपुरमा रेनुलाई १७ मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा फेरी माओवादी अगाडि लागेको छ। मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।

सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले १७ मतको अग्रता लिएकी छिन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रेनुले ५१६५ मत पाएकी छन्।

नेकपा एमालेका उम्मेदवार विजयले ५१४८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४४० मत ल्याएका छन् ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ६२०३ मत र राप्रपा उम्मेदवार हिमला गुरुङले ४२५७ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ । त्यस्तै एमाले र राप्रपाले पनि तालमेल गरेका छन् ।

विशेष