News

लुम्बिनीमा जव मोदीले नेपालीमा भाषण ठोके...

लुम्बिनीमा जव मोदीले नेपालीमा भाषण ठोके...

लुम्बिनी भ्रमणका क्रममा सोमवार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषामा सम्वोधन गरेका छन् । उनले कार्यक्रममा उपस्थित र विश्वभरीका सम्पुर्ण श्रद्धालुहरुलाई नेपालीमै शुभकामना दिए ।

केही घण्टाको धार्मीक भ्रमण पछि उनले नेपालीमै ट्वीट गरेका छन् । ‘लुम्बिनी विहार क्षेत्रमा रहेको इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज भारत र नेपालबीच सिकाई  र सांस्कृतिक आदानप्रदानका लागि महत्वपूर्ण केन्द्र हुनेछ। पिएम एट शेरविदेउवा सँग यस केन्द्रको शिलान्यास गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु।’– उनले ट्वीटरमा लेखेका छन् ।

यसैगरी अर्को ट्वीटमा मोदीले लेखेका छन्–‘सबैभन्दा महत्वपूर्ण कुरा, यस केन्द्रले भारत र नेपालबीच रहेको बुद्ध धर्मको साझा सम्बन्धलाई सुदृढ बनाउनेछ। यसले भगवान बुद्धका शिक्षा र महान आदर्शलाई पनि थप लोकप्रिय बनाउनेछ।’

मोदीले यस अघि नेपाल आउँदा पनि नेपाली भाषाको प्रयोग गर्दै आएका छन् । उनले संविधान सभामा नेपाली भाषाबाट सम्वोधनको सुरुवात गरेका थिए । उनको नेपाली भाषाको सम्वोधनलाई नेपालीहले प्रशंसा गरेका थिए । तर, नाकावन्दी पछाडि मोदीको चर्को आलोचना भएको थियो।
 

विशेष