News

मोदीको हेलिकप्टर अवतरण गर्ने हेलिप्याड यस कारण पटक पटक भत्काईयो

मोदीको हेलिकप्टर अवतरण गर्ने हेलिप्याड यस कारण पटक पटक भत्काईयो

भारतीय प्रभान्मन्त्री नरेन्द्र मोदी आज विहान साढे १० वजे लुम्विनी अवतरण गर्दैछन् । मोदी सवार हेलिकोप्टर सभाहलको अगाडि निर्माण गरिएको हेलिप्याडमा उत्रिनेछ । मोदीको हेलिकप्टर अवतरणका लागि नेपाली सेनाको प्राविधिक टोलीले हेलिप्याड तयार गरेको हो।

तर, उक्त हेलिप्याड पटक पटक मर्मत गरिएको छ। अवलोकनका लागि नेपाल आएका भारतीय प्राविधिकले चित्त नबुझाएपछि हेलिप्याड धेरै पटक मर्मत गरिएको जनाईएको छ। मोदी लुम्विनी उत्रिएपछि मायादेवी मन्दिरमा पूजा र भारतीय विहार शिलान्यासको कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने छन्। त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्नेछन । उक्त होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

त्यहाके सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरुमा तीन हजारलाई सहभागी गराउने भनिए पनि अहिले सहभागि संख्या पनि घटाइएको जनाईएको छ। मोदीसँग लुम्बिनीमा भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित एक दर्जन मन्त्री त्यहाँ पुगिसकेका छन् । 

यसअघि सन् २०१४ डिसेम्बर १० मा प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने तय भएको थियो । यहाँ सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अन्तिम चरणमा उक्त भ्रमण रद्द भएको थियो । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा आईतवार मोदीले विज्ञप्ति प्रकाशित गर्दै लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको पवित्र जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका थिए ।
 

विशेष