News

शंकर पोखरेललाई प्रकाशशरणको जवाफ– एमाले आत्तियो

शंकर पोखरेललाई प्रकाशशरणको जवाफ– एमाले आत्तियो

एमाले महासचिव शंकर पोखरेलले आइतबार सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्ति दुरुपयोग गरी धाँधली गरेको भन्ने आरोपको नेपाली कांग्रेसले खण्डन गरेको छ।

सोमबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै कांग्रेस र सत्तारुढ गठबन्धनको पक्षमा आएको प्रारम्भिक नजिताले नेकपा (एमाले) अत्तालिएको बताएका छन । 

‘यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्वारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ । निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौं,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ’ प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरूका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाँउहरूमा तालमेल सम्भव भयो र अन्य ठाँउहरूमा मित्रवत प्रतिस्पर्धा भयो ।’

निर्वाचन मतपरिणाम स्वाभाविक आएको कांग्रेसले ठहर गरेको छ । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले सत्तारुढ गठबन्धनको पक्षमा धाँधली गरेको भन्नु गलत भएको भन्दै कांग्रेसले प्रतिवाद गरेको छ ।

विशेष