News

जितको हर्क वढाईमा ७ जनाले ज्यान गुमाए

जितको हर्क वढाईमा ७ जनाले ज्यान गुमाए

स्थानीय तह निर्वाचनमा जितको उत्सव मनाउने क्रममा देशभरी ७ जनाले ज्यान गमाएका छन्। आइतबार साँझ र सोमबार भएका विभिन्न दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।

विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि मान्छे लिन गइरहेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दार्चुलामा विजय जुलुसका लागि सहभागी लिन जाने क्रममा जिप दुर्घटना हुँदा ती जनाको मृत्यु भएको छ। जिप गोकुलेश्वरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको जनाईएको छ। मृत्यु हुनेमा चालक शैल्यशिखर नगरपालिका–६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीसहित छन् ।

आइतबार राति उम्मेदवारलाई बधाई दिन हिँडेका दुईजनाले मोटरसाईल दुर्घटनामा परी ज्यान गुमाए। उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० का ४३ वर्षीया पम्फा तामाङको निधन दुर्घटनामा मृत्यु भयो। उनीहरु उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षका आफन्त भएको प्रहरीले जनाएको छ।

यसैगरी, विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर सल्यानमा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी सुमित खड्काका अनुसार २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 

विशेष