News

जहाँ मतदान अधिकृतले नै ५४ वटा मतपत्र वेपत्ता पारेको आशंका छ 

जहाँ मतदान अधिकृतले नै ५४ वटा मतपत्र वेपत्ता पारेको आशंका छ 

झापाको शिवसताक्षी नगरपालिकामा ५४ वटा मतपत्र वेपत्ता भएको छ। सोही विवादका कारण त्यहाँका निर्वाचन अधिकृत हटाउने प्रयास भईरहेको छ। निर्वाचन अधिकृत ऋषि पौडेलले काम गर्न असहज भएको भन्दै जिल्ला निर्वाचन कार्यलय झापामा प्रतिवेदन पठाएका छन् ।

त्यहाँ नयाँ अधिकृत पठाउने बारे छलफल भइरहेको कार्यालयले जनाएको छ। मतपत्र हराएको विवाद भएपछि मतगणना रोकिएको र मतदान अधिकृतको प्रतिवेदन निर्वाचन आयोगमा पुगेको जनाईएको छ।

खसेको मत र गणना भएको मतमा फरक भएपछि आइतबार रातिबाटै झापाको शिवसताक्षीमा मतगणना रोकिएको हो।  वडा नम्बर–१ को मतगणना गर्दा ५४ मतपत्र हराएको भन्दै नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार दुर्गा नेम्वाङले आपत्ति जनाएका थिए।

माओवादी कार्यकर्ताले नारावाजी समेत गरेका थिए। यहाँ एमालेको प्यानल नै विजयी भइसकेको छ । विजयी भइसकेपछि मात्रै मतपत्र हराएको खबर बाहिरिएको थियो। उक्त वडामा तीन हजार ८२ मत खसेको मुचुल्का छ। तर, मतगणनाका वेला भने तीन हजार २८ मतपत्र मात्र भेटिएको थियो ।
 

विशेष