News

भरतपुरः विजय सुवेदी रेनु भन्दा ७३ मतले अगाडि

भरतपुरः विजय सुवेदी रेनु भन्दा ७३ मतले अगाडि

भरतपुरको पछिल्लो मतगणनाअनुसार एमालेका विजय सुवेदीले ७३ मतले अघि लागेका छन् । उनले ४६२५ मत ल्याएका छन् भने गठबन्धन उम्मेदवार माओवादीकी रेनु दाहालले ४५५२ मत पाएकी छिन् ।

नेपाली कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलले २०४० मत पाएका छन् । यो नतिजा १३ हजार ५ सय ६५ मत गन्दाको हो।

यसैगरी, उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५३९५ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले ३६७९ मत ल्याएकी छन्।
 

विशेष