News

माधव नेपालको निस्कर्षः कांग्रेसले धोका दियो, गम्भिर समिक्षा गर्छौं

माधव नेपालको निस्कर्षः कांग्रेसले धोका दियो, गम्भिर समिक्षा गर्छौं

नेकपा एकीकृत समावादीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट धोका भएको निस्कर्ष निकालेको छ। कांग्रेसले आफुले सक्दो फाईदा लिएर एकिकृत समाजवादीलाई धोका दिएको निस्कर्षमा नेताहरु पुगेका छन् ।

तालमेल गरेर आफनो पार्टीबाट उम्मेदवारी दिएका विभिन्न स्थानीय तहको प्राप्त मतको तुलना गर्दै एकिकृत समाजवादीले कांग्रेसले इमान्दारीता देखाउन नसकेको आरोप लगाएको छ। गठबन्धनबाट तालमेल गरेर पाएको पोखरामा केही इमान्दारीता देखिएपनि अन्य कुनै पनि ठाउँमा कांग्रेसले इमान्दारिता नदेखाएको नेताहरुले आरोप लगाएका छन् ।

पछिल्लो नतिजा अनुसार पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य अन्य उमेदवारभन्दा अगाडि छन् । उनले ९४०२ मतसहित अग्रता लिएका छन् भने उप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले पनि ९६७९ मत पाइरहेकी छिन् ।

हेटौंडामा गठबन्धनको प्रमुख र उपप्रमुखले पाएको मतमा एकरुपता छैन। प्रमुखमा एकीकृत समाजवादीकी मिना लामाले ८७५७ ल्याउँदा उपप्रमुखका नेपाली कांग्रेसका राजेश बानियाँले ११७९१ मत पाएका छन् ।

एकिकृत समाजवादीका नेताहरुका अनुसार काठमाण्डौं महानगरको अवस्था पनि उस्तै छ। प्रमुखकी उम्मेदवार सिर्जना सिंह (कांग्रेस) ले ५४०८ मत पाउँदा एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले २५७५ मात्रै पाएका छन् ।

बुटवल उपमहानगरमा प्रमुख नेपाली कांग्रेसका खेलराज पाण्डेले १०६११ मत पाउँदा एकीकृत समाजवादीबाट उपमेरका उम्मेदवार चिनबहादुर गुरुङले पाएको मत ५६८२ मत मात्रै छ । इटहरीमा पनि उप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ८२३४ मत पाएका छन् भने एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार बनेका केशवकुमार बिष्टले ५१०४ मात्रै मत पाएका छन् ।

हालसम्म एकीकृत समाजवादीले ४ पालिका प्रमुख र ९ उपप्रमुख जितेको छ। त्यस्तै प्रमुखमा १५ स्थान र उपप्रमुखमा १० स्थानमा अग्रता लिइरहेको छ ।

यो नतिजा आफूहरुले अपेक्षा गरेजति नभएको एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिक्रिया दिएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न नचाहेको वताए ।

उनले निर्वाचन परिणाम र गठबन्धनको सहकार्यबारे गम्भीर समीक्षा हुने बताए।

माधव नेपाल

विशेष