News

मेयर नवन्दै बालेनले गर्नु पर्ने कामको योजना वन्दै, भीम उपाध्यायले थाले सुझाव संकलन

मेयर नवन्दै बालेनले गर्नु पर्ने कामको योजना वन्दै, भीम उपाध्यायले थाले सुझाव संकलन

काठमाण्डौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित हुनेमा उनका समर्थकहरु लगभग ढुक्क देखिएका छन् । बालेनले अहिलेकै अनुपातमा मत पाएर मेयर निर्वाचित हुने उनीहरुको विश्वास छ।

बालेनले अन्य उम्मेदवारको तुलनामा दोब्बर भन्दा वढि मत ल्याएर अग्रता कायम राखेका छन् । अहिलेसम्मको नतिजा अनुसार बालेनले ११३४३ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२५८ मत र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएका छन् ।

प्रारम्भिक चरणमै उनले पाएको मतको अनुपातका कारण समर्थकहरु हौसिएका छन् । उनीहरु बालेन मेयरमा निर्वाचित भएपछि महानगरमा के के काम गर्न सकिन्छ भनेर अहिले नै योजना पनि वनाउन थालेका छन् । जसका लागि सामाजिक सञ्जालमा सुझाव संकलन गर्न थालिएको छ।

बालेनका समर्थकहरु मध्ये नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले फेसवुकमा योजनाहरुका लागि सुझाव मागेका छन् । ‘बालेनले जितेपछि काठमहानगरको अधिकार र कार्यक्षेत्रको सिमा भित्र रहेर उनले केके काम प्राथमिकताका साथ कसरी गर्नुपर्ला? सुझाव दिनुहोला!’ भन्दै उनले लेखेका छन् ।

यस्ता छन् बालेनका लागि सुझाव
– सहकारी अनुगमन। जनताको बचत डुब्न नदिन ‘बचत बिमा’ को व्यवस्था
– ५०० मी. –१ किलोमिटरको दुरीमा सार्वजनिक शौचालय
– फोहोर व्यावस्थापनको लागि छिटो र सहज हुने गरि डम्पिङ साईट। बैज्ञानिक विकल्पको पर्याप्त र पुर्ण कार्यान्वयन।
– बिज्ञहरुको परामर्श अनुसार ठाउँ ठाउँमा ‘वेबी नर्सिङ रूम’
– सडक तथा नदि किनारा र अन्य खाली ठाउँमा बृक्षारोपण र संरक्षण
– ब्यस्त क्षेत्रहरुमा सवारी पार्किङ स्थल
– आकाशे पानीको ब्यावस्थापनका कार्ययोजना
– सरकारी कामकाज, सुचना, जानकारी, भुक्तानी आदिमा सकेसम्म डिजिटलाइजेसन अनि समयमै अद्यावधिकरण।
– शुन्दर खुल्ला ठाउँहरुलाई छेकेका कुरुप पर्खाल, जस्ताका बारहरु भत्काउने।
– गुह्येश्वरीको जस्तो ढल प्रशोधन केन्द्र सबै ठाउँमा
– भएका र हुन सक्ने खुल्ला ठाउँहरु पहिचान गरी ब्यायाम, ध्यान गर्न मिल्ने गरि पार्क
– घोषणापत्रमा भनेअनुरुप पुर्वाधार एम्बुलेन्स
– कर बाहेक महानगरपालिकाको आफ्नै आम्दानीको श्रोत पहिचान गरि कार्यान्वयन
– वेरुजु ० मा झार्नुपर्छ
– कोठाभाडा कर सतप्रतिशत उठाउनुपर्छ
– वातावरण मैत्री इलेक्ट्रिक वस चार्ज स्टेसन
– सार्वजनिक सम्पत्ति संरक्षण तथा समसामयिक कर निर्धारण गरी कडाइका साथ लागु । सामाजिक स्वास्थ्य सुरक्षा निःशुल्क।
– फोहोर ब्यवस्थापन। पर्यटन प्रवद्र्धन
– प्रत्येक ५ सय मिटरमा चार वटा डस्टबिन। कुहिने ,प्लास्टिक, क्यान र सिसीका लागि
– प्रत्येक चोकमा सीसी क्यामरा
– स्मोकिङ जोन
– ट्राफिक लाईट। सीसी क्यामरा।
– साईकल लेन।
– हरेक घरमा पोस्ट बक्स। 
– नागरिकको स्वस्थ बिमा
– प्राक्टिक शिक्षा । 
–  आईडिया वैंक स्थापना।
– विदा हुने/भएका जनप्रतिनिधिको सम्पती छानबिन। नयाँ आउनेहरुको सम्पत्ति विवरण सार्वजनिक।
– २५ सदस्यीय विज्ञ टिम। ४० प्रतिशत सदस्य काठमाण्डौ बाहिरबाट। 

यो पनि,

बालेन शाह

विशेष