चुनावको नतिजाले गठवन्धनमा तिव्र असन्तुष्टिः कांग्रेस र माओवादीले मात्रै लाभ लिए
![चुनावको नतिजाले गठवन्धनमा तिव्र असन्तुष्टिः कांग्रेस र माओवादीले मात्रै लाभ लिए](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/baburam-madhav.jpg)
नेकपा एमाले सिध्याउने एक मात्रै उदेश्य वोकेर स्थानीय तह निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठवनका नेताहरुमा निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा तिव्र असन्तुष्टि सुरु भएको छ। खास गरी नेपाली कांग्रेस र माओवादीप्रति अन्य दलहरुको असन्तुष्टि छ।
नेकपा एकिकृत समाजवादीले निर्वाचनमा कांग्रेसले धोका दिएको निस्कर्ष सुनाउँना साथ जसपाका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस र माओवादीले मात्रै गठवन्धनबाट लाभ लिएको प्रतिक्रिया दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र माओवादीले सेटिङमा लाभ लिएको आरोप लगाए । आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन असफल भएको दावी पनि गरे।
‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, यो स्थानीय तहका मुद्दाहरु, स्थानीय जनतालाई पार्टी नेताहरुलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन,’ उनले भने, ‘त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरुलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरुले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो । तर त्यो पनि उहाँहरु आपसमा तल मिलेजस्तो देखिएन ।’
जनता समाजवादी पार्टी अहिलेसम्मको नतिजाअनुसार ४ ठाउँमा विजयी भएको छ भने ३० पालिकामा अगाडि छ । जसपाले अहिलेसम्म ओखलढुंगाको खिजिदेम्बा, धनुषाको जनकनन्दिनी, सिरहाको नवराजपुर र बाराको करैयामाईमा प्रमुख पद जितेको छ । भट्टराईको गृहनगर पालुङटारमा जसपाले एमालेसँग तालमेल गरेको थियो । जसपाले मेयर पद लिएर एमालेले उपमेयर लिने सहमति भएको थियो । अहिलेसम्मको अवस्था जसपाका लागि सन्तोषजनक छैन।
माधव नेपालको निस्कर्षः कांग्रेसले धोका दियो, गम्भिर समिक्षा गर्छौं