News

बलात्कार आरोपी सिद्धबाबालाई उच्च अदालतले सफाइ दिन मानेन

बलात्कार आरोपी सिद्धबाबालाई उच्च अदालतले सफाइ दिन मानेन

बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलवार जिल्लाको आदेश उल्टाएको हो । उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणहरु पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिएको छ।

इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गर्न र पीडित र पीडक पक्षको बकपत्र तथा प्रमाणहरु बुझेर पुनः इन्साफ गर्ने फैसला गरेको छ।

उल्टिएको छ। महिला अनुयायीलाई बलात्कार गरेको मुद्दामा सिद्धबाबाले सफाई नपाउने भएका छन् ।
 
०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले रामकृष्णचार्य श्री वैष्णव कृष्णदास अर्थात कृष्णवहादुर गिरीलाई सफाइ दिएको थियो । महिला अनुयायीले ०७६ मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा गिरी विरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीमा ०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबी गरिएको छ। सोही जाहेरीका आधारमा पक्राउ परेका गरीले हिरासतको अवधि विराट नर्सिङ होममा बसेर बिताएका थिए ।


यो पनि,

विशेष