News

अश्लिल शब्दले भरिएका रहेछन् बालेनका -याप !

अश्लिल शब्दले भरिएका रहेछन् बालेनका -याप !

बैशाख १५ गते काठमाडौंको नेसनल कलेजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेयरका उम्मेदवार केशव स्थापितलाई प्रश्नको वाँणले छिया छिया परियो। यौन दुराचारको आरोपमा उनलाई सहभागिहरुले कुर्सी छोडेर जानसमेत धम्की दिएपछि उनले डटेर त्यसको सामाना गरे। तर समाजिक सञ्जालमा त्यसको आलोचना भयो।

स्थापितका विषयमा आरोप–प्रत्यारोप चलिरहँदा अर्का उम्मेदवार बालेन शाहलाई पनि महिलाको अपमान गरेको आरोप लाग्यो। विवेकशील नेपालीकी पूर्वकार्यकर्ता भावना राउतले बालेनका ¥यापहरूले महिलाको अपमान भएको दावी गरिन् । 

‘बालेनजी, तपाईंको गीतहरु सुनेको छु । तपाईंको -यापहरुले महिलालाई कुन दर्जामा राखेको छ भन्ने हेरेको छु । सबै भोटरसँग तपाईंले माफी माग्ने कि नमाग्ने ?’ भन्दै उनले चेतावनी दिईन। सम्भवतः उनको यो भनाई बालेनको ‘बलिदान’ गीतसँग सम्वन्धित थियो। 

उक्त गीतमा उनले ‘चुतिया’ शब्दको प्रयोग गरेका छन् । डिक्सनरी डटकम अनुसार ‘चुटिया’ शब्द चुटको सानो रूप हो, जसको अर्थ हिन्दी र उर्दूमा ‘योनि’ हो। १८०० को एक शब्दकोशले यसलाई ‘आफ्नी पत्नीको वेश्यावृत्तिबाट जीवन बिताउने मानिस’ वा ‘अत्यधिक व्यभिचार’ अर्थात् यौन संचारित रोग समातेर आफूलाई मार्ने व्यक्तिको लागि अपमानजनक शब्दको रूपमा चिनाउँछ।

सबै भाषाहरूमा, शरीरका अंगहरूका लागि अश्लील शब्दहरूले अपमान गर्ने तरिका हो। त्यसैले, चुटिया पनि ‘योनी’ बाट ‘इडियट’ वा ‘डोल्ट’ मा विकसित भयो। समसामयिक प्रयोगमा, हिन्दी भाषीहरूले मिलनसार परिचितहरूलाई चुटिया भनेर सम्बोधन गर्न सक्छन्। चुटियाले पनि अंग्रेजी ‘फकिङ वा स्पेनिस पुटा जस्तै काम गर्न सक्छ। 

यसै अर्थमा बालेनको गीत अर्थात ¥यापलाई अस्लिल शब्दहरुको भण्डार भनेर प्रचार गर्न थालिएको छ। 
 

बालेन शाह

विशेष