News

भरतपुरमा यस्तो छ पछिल्लो अपडेट, सदर/वदरको विवादले केही समय गणना रोकियो

भरतपुरमा यस्तो छ पछिल्लो अपडेट, सदर/वदरको विवादले केही समय गणना रोकियो

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनको कडा टक्कर छ। भरतपुरमा ४ वटा वडाको मत गणना सकिदासम्म कहिले एमाले र कहिले गठवन्धनको अग्रता देखिँदै आएको छ।

पछिल्लो नजिता अनुसार गठवन्धनको तर्फबाट उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाएकी छन् । दाहाल नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा २९ मतले अगाडि रहेकी छन् ।

दाहालले ५ हजार ७१८ मत पाएकी छन्  भने सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् ।

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ । ४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् ।

सदर र बदर मतको विषयमा विवाद हुँदा गएराति भरतपुरको मत गणना रोकिएको थियो । पछि सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने सहमति भएपछि वडा नम्बर ४ को मत गन्न सुरू भएको हो ।

२९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा अहिले वडा नम्बर ५ को गणना सुरू भएको छ । भरतपुरमा जम्मा १ लाख २७ हजार मत खसेको छ । 

विशेष