केशव स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन अगाडि
![केशव स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन अगाडि](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/ktm-98356.jpg)
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटमा उनको पक्षमा खसेको मत १० हजार नाघेको छ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापित र गठवन्धनका तर्फबाट उम्मेदवार वनेकी नेपाली कांग्रेसकी सिर्जना सिंह दुवैको मत जोड्दा पनि बालेनलाई भेट्न सकेका छैनन् । बालेनले अहिलेसम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन्। अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ। यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।
उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४१९ मतसहित अग्रता कायम गरेकी छन् । सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७०९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४०४ मत छ।