News

बालेनको भोटसँगै यसरी वढ्दैछ कार्यकर्ताको अराजक्ता, प्रतिस्पर्धिको मानमर्दन

बालेनको भोटसँगै यसरी वढ्दैछ कार्यकर्ताको अराजक्ता, प्रतिस्पर्धिको मानमर्दन

स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ। मतगणनास्थलमा उम्मेदवारहरुका समर्थक उत्साहित भएर नाराबाजी गर्ने र विजय जुलुस गर्ने गरिरहेका छन्। 

देशको संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकाको मतगणना केही सुस्त छ। काठमाण्डौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अन्य उम्मेदवारको तुलनामा केही अगाडि छन् । उनले पाएको मत १० हजार नाघेको छ भने उनीपछिका दुई उम्मेदवारको मत जोड्दा पनि उनी वरावर पुगेको छैन।

बालेन साहको मत जति वढिरहेको छ, उनका समर्थकहरु उति नै उत्साहित भईरहेका छन् । तर, उत्साह वढ्दै जाँदा उनीहरु अराजक पनि हुन थालेका छन् । बालेनका समर्थक र कार्यकर्ताले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई लक्षित गरी उनको मानमर्दन हुने गरी नाराजुलुस गर्न थालेका छन् । 

सुरुवाती दिनमा ‘सागर, बसन्ते, कृष्णे, बालेन दाइ हो जित्ने’ जस्ता नारा लगाउँदै आएका समर्थकहरु अहिले ‘क बाट कछुवा, ख खरायो– केशव स्थापितको घमण्ड कता हरायो ?’ जस्ता नारा लगाउन थालेका छन् । यति मात्रै होईन, नारावाजीकै विचमा अपशब्द प्रयोग गर्ने, गालीगलौज गर्ने लगायतका कृयाकलाप सुरु भएका छन् ।

बालेनका समर्थकहरुले एकातर्फ राष्ट्रिय झण्डा बोकेर देशभक्तिका गीत गाउँने अर्कोतर्फ अपाच्य शब्द प्रयोग गरेर गाली गर्ने प्रवृत्ति पटक्कै सुहाएको छैन। यसले बालेमा परिपक्क राजनीतिक ज्ञान आईनसकेको देखाएको जानकारहरु वताउँछन् ।

हुन त उनी स्वयम पनि यस्ता शब्द प्रयोग गर्न पछि पर्दैनन्। उनका गीतमै नेताहरुलाई अपाच्य रुपमा गाली गरेका शब्द छन् । उनले ‘चुतिया’ जस्तो शब्द प्रयोग गरेर गीत गाएका छन् । डिक्सनरी डटकम अनुसार ‘चुटिया’ शब्द चुटको सानो रूप हो, जसको अर्थ हिन्दी र उर्दूमा ‘योनी’ हो। १८०० को एक शब्दकोशले यसलाई ‘आफ्नी पत्नीको वेश्यावृत्तिबाट जीवन बिताउने मानिस’ वा ‘अत्यधिक व्यभिचार’ अर्थात् यौन संचारित रोग समातेर आफूलाई मार्ने व्यक्तिको लागि अपमानजनक शब्दको रूपमा चिनाउँछ।

सबै भाषाहरूमा, शरीरका अंगहरूका लागि अश्लील शब्दहरूले अपमान गर्ने तरिका हो। त्यसैले, चुटिया पनि ‘योनी’ बाट ‘इडियट’ वा ‘डोल्ट’ मा विकसित भयो। समसामयिक प्रयोगमा, हिन्दी भाषीहरूले मिलनसार परिचितहरूलाई चुटिया भनेर सम्बोधन गर्न सक्छन्। चुटियाले पनि अंग्रेजी ‘फकिङ वा स्पेनिस पुटा जस्तै काम गर्न सक्छ। 

त्यसैले बालेनका गीत अर्थात ¥यापलाई अस्लिल शब्दहरुको भण्डार भनेर पनि प्रचार गरिन्छ। तर, पछिल्लो घट्नामा भने उनले आफना कार्यकर्ताले संयमित हुन आग्रह गरिरहेका छन् । उनले भनेका छन्–‘कसैलाई गालि नगरौं। कुनै पार्टी कसैलाई गाली नगरौं। आजसम्म कसैलाई गाली गरेको छैन मैले।’
 

बालेन शाह

विशेष