News

प्रधानमन्त्री हुँदा मुसामा ध्यान, अहिले आयो अभुतपूर्व ज्ञान

प्रधानमन्त्री हुँदा मुसामा ध्यान, अहिले आयो अभुतपूर्व ज्ञान

पूर्वप्रधानमन्त्री एवम् जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई वेला वेलामा सम्पत्ति छानविन र भ्रष्टाचारीको सम्पत्ति जफत गर्नु पर्ने भाषण गर्छन। तर, नीतिगत रुपमा निर्णय गर्ने सवालमा भने उनी हहिल्यै अघि सर्दैनन्।

यतिवेला पनि उनले सम्पत्ति छानविन र राष्ट्रिय अभिलेखिकरणको मुद्दा उठाएका छन् । स्थानीय तह निर्वाचनको नतिजाले पार्टी कमजोर भएको र प्रदेश तथा संसदिय निर्वाचन नजिकिदै गएका वेला उनको यो अभिब्यक्तिलाई अर्थपूर्ण रुपमा लिईएको छ।

अध्यक्ष भट्टराईले यतिवेला भने सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताएका छन् । कसको कति सम्पती छ ? के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भट्टराईले वताएका छन् । भट्टराईले नागरिकको मात्रै होईन, मुलुकै सम्पतिको समेत पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको बताए ।

एक पटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको सम्पती विवरण पेश गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ। यति भन्दै गर्दा उनले ‘आफूले कालो धनलाई सेतो बनाउनका लागि यस्तो सुझाव नदिएको’ भन्दै चोखो वन्न खोजे।

यसअघि उनले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताउँदै आएका थिए । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको नामै लिएर पूर्व प्रधानमन्त्रीसमेतको छानविन गर्नु पर्ने वताएका थिए ।

उनले नेकपा अध्यक्ष एवम तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको मिलोमतोमा बुढीगण्डकी आयोनामा ९ अर्ब भ्रष्टाचार भएको आरोप पनि लगाएका थिए ।

तर, भट्टराईका यी अभिब्यक्ति बोलिमा मात्रै सिमित हुँदै आएका छन् । उनी खाली अरु पार्टीलाई यसो गर र उसो गर भन्छन् तर आफु केही गर्दैनन्। उनी स्वयम एउटा पार्टीको अध्यक्ष हुन, तर यो विषयमा उनको पार्टीले निर्णय गरेर यो विषयलाई उठाउँदैन। यति मात्रै होईन, उनले करिव डेढ वर्ष प्रधानमन्त्री खाए । 

०६८ भदौ ११ देखि ०६९ फागुन ३० गतेसम्म १ वर्ष ६ महिना १९ दिन प्रधानमन्त्री छँदा पनि उनले यो विषयमा प्रकृया अघि वढाएनन्। वरु मुस्ताङ म्याक्स कुदाउने र मुसाको चट्नी खाने चट्पटे काम गरेर समय  विताए । भट्टराई प्रधानमन्त्री हुँदा कैलाली पुगेर मुसाको चटनी खाएको विषयले निकै चर्चा पाएको थियो । 

यसैगरी, उनी प्रधानमन्त्री भएपछि स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने भन्दै हुलास मोटर्स कम्पनीले उत्पादन गर्दै आएको मुस्ताङ गाडी चढे। तर, त्यसका केही समय पछिनै उनले त्यो गाडी छोडेर सुविधा सम्पन्न गाडी चढ्न थाले। बिराटनगर–१७ मा रहेको मोटर्स कम्पनीले अहिले उत्त गाडीको उत्पादन पनि वन्द गरिसकेको छ।

मुखले वोल्ने तर, ब्यवहारमा देखाउने वेलामा पछि सर्ने भट्टराईको यही प्रवृत्तिका कारण उनको कुरामा अधिकांशले वास्ता गर्न छोडेको राजनीतिक विश्लेषकहरु वताउँछन् ।
 

बाबुराम भट्टराई

विशेष