News

विजय सुवेदीलाई एमालेबाटै धोकाः मेयरमा रेनु, बाँकी भोट सुर्यलाई

विजय सुवेदीलाई एमालेबाटै धोकाः मेयरमा रेनु, बाँकी भोट सुर्यलाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले प्रतिष्ठाको विषय वनाएको चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले समेत माओवादीकी मेयर उम्मेदवार रेनु दाहाललाई भोट हालेको पाईएको छ।

प्रारम्भिक चरणमै कतिपय मतपत्रमा मेयरमा रेनु र वाँकी पदमा सुर्यलाई भोट हालेको पाईएपछि एमालेका नेताहरु झस्किएका थिए । यो क्रम वडा नं. २ मा अलि वढि देखिएको थियो। तर, वडा नं. ५ मा पुगेपछि भने एमाले नेताहरुको होस उडेको छ। वडा नं. ५ मा अरु सपै पदमा एमालेको प्यानलै भोट हालेकाहरुले मेयरमा भने रेनुलाई भोट हालेका छन् । यो भोट एमाले कार्यकर्ता र समर्थकको हो भन्नेमा उनीहरु प्रष्ट भएका छन् ।

एमालेको भोटकै कारण रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अघि वढेको एमाले नेताहरुको निस्कर्ष छ। वडा नं. ५, ६ र ७ मा अपेक्षा अनुसार बागी उम्मेदवार जगन्नाथ पौडेलको प्रभाव पनि नदेखिएपछि एमाले पंक्ति तर्सिएको छ।

अर्कोतर्फ एमालेका वडाध्यक्ष उम्मेदवारहरुले पाए बरावरको मत पनि विजयले पाएका छैनन् । वडा नं. १, २, ३ मा वडाध्यक्ष उम्मेदवारले जसरी भोट पाएका छन्, त्यो अनुपातमा विजयले भोट नपाउनुले पनि एमाले नेता दवावमा छन् । वडा नम्बर १ को वडाध्यक्षमा एमालेले १३१३ मत पाउँदा मेयरमा १०८७ मत मात्रै परेको छ भने वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवारले २०५८ मत पाउँदा मेयरमा १८२८ मत मात्रै परेको छ। ०७४ मा जितेकामध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व पनि एमालेले गुमाएको छ। यसले विजय कमजोर हुँदै गएको संकेत गर्ने विश्लेषकहरु वताउँछन् ।

तर, माओवादी र कांग्रेसको प्रभाव कम भएको वडा नं. १०, ११ र १२ मा भरपाईसहित असुल हुने एमाले नेताहरुको विश्वास छ। तर अरु वडामा जस्तै यहाँ पनि एमालेको मत रेनुलाई गयो भने विजयका लागि राम्रो संकेत नहुने उनीहरुको विश्लेषण छ।

एमालेले आफनो आधार क्षेत्रका रुपमा मानेको वडा नं. ११ को केही मत रेनुलाई गएको चर्चाले पनि एमाले नेताहरु त्रसित छन् । किनकी यही वडाको सुकुम्वासी बस्तीको माओवादी र कांग्रेसले निर्वाचन आचारसंहिताको उलंघन गर्दै मतदाता प्रभाभित गर्ने प्रयास गरेका थिए।

भूमि आयोग, चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले निस्सा समेत बाँडेर मत प्रभावित गर्ने प्रयास गरेका थिए । वडा नं. १३ माओवादीको बलियो वडा हो । वडा नं. १४, १५, १७, १८, १९, २० र २१ कांग्रेस बलियो छ। २२, २३, २४, २५, २७ र २८ एमाले र राप्रपाको प्रभाव राम्रो छ। २९ मा एमालेको प्रभाव छ । 

यी वडाहरुमा कांग्रेसका वागी उम्मेदवार पौडेलले कति मत आफुतिर तान्न सक्छन् त्यसले पनि रेनु र विजयको हारजित निर्धारण गर्ने विश्लेषकहरुको अनुमान छ।
 

भरतपुर महानगरपालिका

विशेष