News

३ ठाउँमा बार्गेनिङ मिलेपछी नेपाल वाचको रक्सी पार्टी !

३ ठाउँमा बार्गेनिङ मिलेपछी नेपाल वाचको रक्सी पार्टी !

स्थानीय तह निर्वाचन नजिकिएसँगै पत्रकारहरुको पनि ‘जाँडपार्टी’ सुरु भएको छ। नेपाल वाच मल्टिमिडिया प्रालिद्वारा सञ्चालित नेपाल वाच डटकमका पत्रकारहरु नगरकोट पुगेर जाँडपार्टी गरेका छन् । 

विभिन्न निकायमा वार्गेनिङ्ग गरेको पैसा तह लगाउन पार्टीको आयोजना गरिएको श्रोतको दावी छ। उक्त पार्टीका लागि प्रालिका अध्यक्ष पुष्प ढुङ्गानाले मेगा वैंक, लिट्मस केवल र डिस होमसँग वार्गेनिङ गरेको श्रोतले जनाएको छ।

अध्यक्ष ढुङ्गानामाथि अदृष्य लगानी गरेर मिडिया सञ्चालन गरेको आरोप लाग्दै आएको छ। उनी आफै पनि ‘मलाई पाकिस्तानी एजेन्ट’ को आरोप लाग्यो भन्दै गुनासो गर्न प्रेस काउन्सिल पुगेका थिए ।

यो पनि, 

नेपाल वाच

विशेष