News

पुरा गरे देउवाले बचन– आईजिपीमा अब्बल अधिकृत नियुक्त

पुरा गरे देउवाले बचन– आईजिपीमा अब्बल अधिकृत नियुक्त

सरकारले नेपाल प्रहरीको आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आज वसेको मन्त्रिपरिषदको वैठकले सिंहलाई आईजिपी वनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज वसेको बैठकले आइजिपी नियुक्तिको गर्ने विषयमा निर्णय गरेको हो। नेपाल प्रहरीका आइजिपी शैलेश क्षापा क्षेत्री आजदेखि अवकाशमा गएपछि सिंह नियुक्त भएका हुन।

नेपाल प्रहरीको आइजिपीका लागि धिरजप्रताप सिंह, विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक दौडमा थिए। प्रधानमन्त्री शेरबहादुर देउवा धिरजप्रतापलाई आइजिपी बनाउने पक्षमा उभिएका थिए। 
शनिवार भएको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले धीरजप्रताप सिंहलाई नै महानिरीक्षक बनाउन आफूले वचन दिइसकेकाले सोहीअनुसार प्रस्ताव बनाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका थिए।
 

धिरजप्रताप सिंह

विशेष