News

राजेन्द्र लिङ्देनका भाई गाउँपालिका अध्यक्षमा निर्वाचित

राजेन्द्र लिङ्देनका भाई गाउँपालिका अध्यक्षमा निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनका भाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राजेन्द्र लिङदेनका माईला भाई रविन्द्र लिङदेन झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन।

हल्दिवारीमा राप्रपाले अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जितेको छ । बुधबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित लिङ्देनले ६ हजार ८ सय ५६ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६ सय ६६ मत पाए। दुवैको मतान्तर २ हजार एक सय ९० छ। गिरी हल्दिबारीका निवर्तमान उपाध्यक्ष हुन् ।

गाउँपालिका उपाध्यक्ष निर्वाचित राप्रपाकी मैनालीले ५ हजार ७८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत मात्र प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा हल्दिबारीमा उपाध्यक्ष गिरीको नेतृत्वमा एमालेको बहुमत थियो । हल्दिबारी राप्रपा अध्यक्ष लिङ्देनको गृह पालिका र यो निर्वाचन क्षेत्र राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रभाव क्षेत्र हो। 
 

राजेन्द्र लिङदेन

विशेष