News

आफनै वडामा बालेनले ‘लौरो’ गाडेपछि बन्द भयो गगनको ‘गनगन’

आफनै वडामा बालेनले ‘लौरो’ गाडेपछि बन्द भयो गगनको ‘गनगन’

काठमाण्डौं महानगरपालिकाको मतगणनाको नतिजा धेरैका लागि आश्चर्यजनक रुपमा अघि वढिरहेको छ। राजनीतिक दलका ‘हेभी वेट’ उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बालेन साहले धुलो चटाईरहेका छन् ।

यो नतिजाले सवैभन्दा वढि नेकपा एमालेलाई पिरोलेको छ। अघिल्लो निर्वाचनमा एमालेले आफनो किल्लाको रुपमा लिएका वडाहरुमा समेत बालेनले ‘लौरो’ गाडिका छन् । त्यसमाथि दुई पटक मेयर र प्रदेशको सांसद र मन्त्री समेत भईसकेका केशव स्थापित निरिह भईरहेका छन् । जस्ले एमालेका नेताहरुलाई सोच्न बाध्य वनाएको छ।

अर्कोतर्फ चर्चा र समाजमा भिजेको नभएपनि गठवन्धनको मत गोल्याउँदा जित निश्चित छ भन्ने वुझेर ‘म्यानमा राख्दा राख्दा खिया लागेको तरवार झिकेझै’ गरी उम्मेदवार वनाईएकी सिर्जना सिंहको पनि हालत उस्तै छ। सर्वमान्य नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह राजनीतिमा आफु ‘चल्न छोडेपछि’ उनले श्रीमतीलाई अगाडि सारेर राजनीतिक फाईदा उठाउन खोजेका थिए। तर, विरासतको राजनीति गर्ने उनको योजना पनि काठमाण्डौंवासीले चकनाचुर पारिदिएका छन्।

महिला उम्मेदवार, गणेशमानकी वुहारी, कांग्रेसकी पुरानो कार्यकर्ता, आफु घरमा सिमित भएर श्रीमानको राजनीतिलाई अघि वढान देखाएको त्याग लगायतका ‘इमोश्नल नारा’ ले पनि उनलाई महानगरको मेयरको कुर्सीमा पु-याउने लक्षण देखिएको छैन।

बालेनको अग्रताले कांग्रेस, एमालेको त हावा खुिस्कएको छ नै, ब्यक्तिगत रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पनि ‘सातो’ उडेको छ। उनको आफनै वडा (काठमाडौं महानगरपालिका –३०) मा पनि कांग्रेस उम्मेदवार सिर्जनको तुलनामा बालेनको मत धेरै छ। यो परिणामले गगनको ट्यारट्यार पनि वन्द भएको स्थानीय युवाहरु वताउँछन्। कांग्रेसको प्रभाव कम भएका स्थानमा एमालेलाई ठिक पर्यो भन्दै गरेका थापा आफ्नै वडाको मत परिणामले भने स्तब्ध भएको उनीहरुको भनाई छ।

तर, गगन थापाले बालेनको अग्रतालाई सहज रुपमा स्विकारेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका परम्परागत मतदाताहरूले पनि बालेनलाई भोट दिएको उनी वताउाछन् । कांग्रेसको पुर्ण प्रभाव रहेको वडा नम्बर १ स्थित नक्साल र एमालेको वर्चश्व रहेको वडा नम्बर ३२ मा पनि अरुको तुलनामा बालेनले धेरै मत पाएको थापाले वताए ।

अघिल्लो स्थानीय चुनावमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले संयुक्त रूपमा पाएको ४२ हजार मतलाई कांग्रेस एमालेले संकेतको रुपमा वुझ्न नसक्दा अहिले बालेन अगाडि वढेको उनको वुझाई छ। ‘म मेरै पार्टीको कुरा गर्छु। अघिल्लो चुनावमा रञ्जु दर्शना र किशोर थापाले पाएको मतको संकेतअनुसार हामीले पार्टीगत रूपमा जुन सुधार गर्नुपथ्र्यो, त्यो गरेनौं’ उनी भन्छन्–‘काठमाडौंका मतदातालाई जुन भरोसा दिलाउन सक्नुपथ्र्यो, त्यो दिलाउन सकेनौं। हामीले जसरी आफूलाई प्रस्तुत गर्नुपथ्र्यो, त्यसरी प्रस्तुत हुन सकेनौं।’

अघिल्लोपटक विवेकशील र साझाले पाएको मत यसपालि फिर्ता आइहाल्छ भनेर हलुका ढंगले सोच्दा अहिले त्यसैको नतिजा देखिएको उनको वुझाई छ। 

यो पनि,

बालेन शाह गगन थापा

विशेष