News

कवि अर्जुन पराजुलीमाथि चोरीको बात !

कवि अर्जुन पराजुलीमाथि चोरीको बात !

डिको विनाका चर्चित कवि अर्जुन पराजुलीमाथि चोरीको बात लागेको छ। ‘बुकहिल’का प्रकाशकसमेत रहेका अर्का कवि तथा गीतकार भूपेन्द्र खड्काले पराजुलीलाई चोरको बात लगाएका हुन। 

खड्काले सामाजिक सञ्जाल फेसबुकमै कविता चोरेको आरोप लगाएर पराजुलीलाई जलित गरे र राष्ट्रिय चोर बनाउने प्रयास गरे। पराजुलीले हालसालै सार्वजनिक गरेको निर्वाचन केन्द्रित कवितामाथि खड्काको दावी थियो। आफुले उक्त कविता ९ वर्ष अघि लेखेको खड्काले दावी गरे। उनले पराजुली वा अरु कसैलाई भनेको भए पनि यसको त्यति ठुलो इस्यु वन्दैनथियो हो। तर, खड्काले सामाजिक सञ्जाल फेसवुकमा पराजुलीलाई चोर भन्दै किटानी गरे।

खड्काको स्ट्याटस पछि पराजुली झस्किए। उनले पनि सो कविता आफुले २५ वर्षअगाडि नै लेखेको भन्दै स्ट्याटस लेखे। तर, खड्काले उनलाई टिकीखान दिएनन् वरु आफनो भएको प्रमाण पेश गर्न चुनौती दिए । उनले फेसवुकमै लेखे–‘तपाईंको २५ वर्षअघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईं चोर नै हो ! धन्यवाद’ 

यतिसम्म आरोप लागेपछि पराजुली विछिप्त जस्तै भए। तर, सम्पत्ति चोरेर कसैले आफैलाई चोरको बात लगाएपछि उनले सुर्ता गरेर वस्ने मौका पनि पाएनन्। त्यसैले आफनै कविता आफनो भएको प्रमाणित गर्न प्रमाण जुटाउन थाले। नभन्दै ०६३ असोजमै उक्त कविता छापिएको जनमत साहित्यिक मासिक पत्रिका उनले फेला पारे। पराजुलीले त्यसको तस्विर समेत खिचेर फेसवुकमा हाले।

त्यसपछि भने खड्का ‘चप्पल छोडेर दौडिएको चोर झै सामाजिक सञ्चालका सवै स्ट्याटस हटाएर अलप भएको’ आरोप लागिरहेको छ। त्यसपछि अर्को विहान स्ट्याटस लेख्दै उनले बोक्रे माफि मागे। तर, उनको माफिमा माफि झल्किदैन, वरु आफुले ठिकै लेखेको भन्दै जिद्दिपना वढि छ।

‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुँबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दछु । मेरो जिज्ञासाचाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नुभएन ?’ उनले लेखेका छन्–‘अर्को कुरा आजसम्म पृन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन । अर्को कुरा मेरा स्टाटस वा रचना मैले जानेबुझेका आफैं सृजना गरेका हुन् । एउटा नमीठो संयोगलाई संयोगकै रुपमा लिइदिन आग्रह गर्दछु ।’

तर कमा, फुलस्टपसमेत राँटो नविराई सारिएको उक्त स्ट्याटसलाई संयोगको रुपमा कसरी वुझ्ने ? भन्दै सामाजिक सञ्चालमै प्रश्न उठाईएको छ। अर्को तर्फ कसैले आफनो सम्पत्ति ‘मेरै हो’ भन्दै नहिडे हडपी हाल्ने प्रवृत्ति उनको अन्तिम स्ट्याटसले पुष्टि गरेको छ। तेस्रो कुरा पराजुलीले प्रमाणसहित आफनो दावी प्रस्तुत नगरेका भए खड्का नै यसका सर्जक कहिलेने रहेनछन् त ? भन्ने प्रश्न पनि सँगै उब्जिएको छ।

अर्काको कविता राँटो नविराई फेसवुक स्ट्याटसमा राखेर सर्जकलाई ‘चोरीको बात’ लगाउने खड्काले अहिलेसम्म पनि आफनो गल्ति कमजोरीसहित माफि नमागेपछि अहिले उनको हरेक स्ट्याटसमा फेसवुक प्रयोग कर्ताले उनले कविता माथि दावी गर्दै हालेका स्ट्याटस स्कृनसर्ट गरेर पोष्ट गरिरहेका छन् ।

तर, खड्काले ति कमेण्टहरुका वारेमा प्रतिक्रिया जनाएका छैनन् । यता पराजुली भने आफुलाई दिएको मानसिक तनाव र चोरीको आरोपमा कानुनी उपचार खोज्ने तयारीमा लागेका छन् । उनी भन्छन्–‘यसरी आफनै सम्पत्ति चोरेर उल्टै चोरको आरोप लगाउँदा मेरो ठाउँमा अरु कोही हुन्थ्यो भने आत्महत्या गथ्र्यो। तर, मैले विवेक प्रयोग गरें र आफैलाई वचाएँ।’

अर्जुन पराजुली

विशेष