News

बर्दिबासमा भेटिएको मत गन्दा बरावर, गोला प्रथाबाट फेरी शमशेरसिंह

बर्दिबासमा भेटिएको मत गन्दा बरावर, गोला प्रथाबाट फेरी शमशेरसिंह

बर्दिवास नगरपालिका–८ को वडाध्यक्ष विजेताको घोषणा भईसकेपछि फेला परेको मतपेटिकाको मत पनि गणना भएको छ। त्यसमा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिंह लामा नै निर्वाचित भएका छन् ।

१ जेठमै उक्त वडाको मतगणना सम्पन्न भएर लामा विजयी भएका थिए । घोषणाअनुसार माओवादी केन्द्रका लामाले ८ मतले एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए । रुद्रले ७ सय ४४ मत प्राप्त गरेका थिए । 

लामाले यस लगत्तै एमालेले मत गणनामा धाँदली भएको आरोप लगायो। त्यस लगत्तै सिल नै नखोलिएको मत पेटिका फेला परेपछि विहिवार त्यो पनि गणना गरिएको छ। त्यसमा रहेको ८४ वटा मत गणना हुँदा लामा र किङरिङको बराबरी मत बरावर भयो। 

दुबैको मत वरावर ७ सय ६६ भएपछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाईएको थियो । किङमिङले गोला तान्दा नपरेपछि लामा पुनः विजयी भएको घोषणा गरिएको थियो। लामा भने मतदान गणनास्थलमा उपस्थित थिएनन्।

यो पनि,

विजय जुलुस सकिएपछि वर्दिवासमा कहाँबाट आयो सिलसहितको मतपेटिका ?

बर्दिबास

विशेष