News

मनाङे पथमा हिड्न खोजेका हुन बालेन्द्र ?

मनाङे पथमा हिड्न खोजेका हुन बालेन्द्र ?

काठमाण्डौं महानगरपालिकाको मेयरमा आफनो दावी गर्दै गरेका –यापर बालेन्द्र साह (बालेन साह) निर्वाचनको अन्तिम परिणाम नआईसक्दै विवादमा पर्न थालेका छन्। प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापित मिडियामा धेरै बोलेर विवादमा परे भने बालेन चाहीँ मिडियाबाट भागेर विबादमा पर्न थालेका छन् ।

मेयरमा बालेन निर्वाचित हुँदै गर्दा मिडियाले बालेनलाई खेदी रहेको छ, उनको चस्माभित्रको रहस्य पत्ता लगाउँन। बालेन किन कालो चस्मामा लुक्छन् ? भन्ने प्रश्नको उत्तर अहिलेसम्म मिडियाले भेटेको छैन। यही चासो काठमाण्डौंका मतदाता र आम नेपालीमा पनि छ। जनअपेक्षा पुरा गर्नु मिडियाकर्मीको धर्म हो। त्यसैले मिडिया उनको पछि लाग्नु पनि स्वभाविक हो।

यसैक्रममा ललितपुरमा भईरहेको मतगणना स्थलमा पुगेका बालेनलाई एक टेलिभिजन पत्रकारले उनको वारेमा केही जिज्ञासा राखे तर, बालेनले जवाफ दिनु त परको कुरा पत्रकारलाई छेउमा पर्न समेत दिएनन्। त्यो भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्यापी छ। पत्रकारले वुम बोकेर प्रश्न राख्न नपाउँदै ‘तपाईलाई मैले भनि हालेनी’ भन्दै उनी कडा स्वभावमा प्रश्तुत भएका छन् । उनको यो ब्यवहारले कतिपय मतदाता र उनका समर्थकलाई अहिले नै पछुतो हुन थालेको छ।

एमाले÷कांग्रेसका कार्यकर्ता उनको यो कमजोरीको फाईदा उठाएर आलोचना गर्न थालिसकेका छन् । बालेन साह कतै दिपक मनाङेको शैलीमा त अघि वढिरहेका छैनन् ? भन्ने प्रश्न यो प्रकरणले अगाडि ल्याएको छ। गुन्डा नाईकेका नामले परिचित दिपक मनाङे अर्थात राजिव गुरुङ राजनीतिमा प्रवेश गरेर प्रदेश सांसद भए। त्यसपछि मन्त्री पनि भए। मन्त्रालय चलाउने क्रममा उनले भने जस्तो नभएपछि कर्मचारीलाई मुड्क्याउन समेत भ्याए। त्यस विषयमा कर्मचारीले आन्दोलन समेत गरे। अहिले त्यो प्रकरण सेलाएको छ।

यही अवस्था हो भने बालेन साहको शैली मनाङे भन्दा कम हैन, वरु अझै माथि पुग्न सक्ने अनुमान गर्न थालिएको छ। एमालेका कार्यकर्ता यसलाई बालेनको पाखण्डीपन भएको बताउँछन् । ‘मिडियासँग भाग्नुको अर्थ जनतासँग भाग्नु हो’ एक एमाले कार्यकर्ता भन्छन्–‘मेयर जितिहाले भने जनतासँग भागेर कतिदिन महानगर चलाउँछन् ?’ मेयर निर्वाचित भईसकेपछि जनताको चासो लिएर नगरपालिका जाने मिडियाकर्मी र प्रश्न उठाउने नगरवासीलाई उनले प्रहरी लगाएर निकाल्न सक्ने सम्मको आशंका उनीहरुले गर्न थालेका छन् । यस्तो अवस्था आयो भने काठमाण्डौंवासीका लागि दुर्भाग्य हुने कतिपय नगरवासीको विश्लेषण छ। 
पछुतो यस अर्थमा पनि छ की, काठमाडौं महानगरपालिकाका अधिकांश मतदाताले बालेनलाई अहिलेसम्म चिनेकै छैनन्। कतिपय मतदाता त यस्ता पनि जस्ले उनीसँग प्रत्यक्ष भेटघाटको कुरा छोडौं टेलिभिजन स्क्रिनमा वाहेक देखेका पनि छैनन्। सामाजिक सञ्जाल र मिडियाको २४ घण्टे प्रचारले उनको क्रेज यति वढायो, उनीहरुले बाध्यतावस बालेनको पक्षमा मतदान गरे।

मिडिया र सामाजिक सञ्जालमा हालसम्म बालेनका राम्रा पक्ष मात्रै वाहिर ल्याईएको छ। तर, उनको नकारात्मक पक्ष के हो, बालेनको घर–परिवार, साथी–संगति, उनको वैचारिक–सैद्धान्तिक धरातलजस्ता विषय कसैको जानकारीमा छैन। खाली सामाजिक सञ्जालमा ‘हो, हो’ भनेका भरमा युवा पुस्ताले उनको पक्षमा नारा लगाउँने र सम्वन्ध र सरोकार नै नभएका बालेनका प्रतिस्पर्धीलाई गाली गरिरहेका छन् ।

बालेन सुरु देखि ने आफूलाई चस्माभित्रै लुकाईरहेका छन् । उनले मतदातासमक्ष खुलाउने भन्दा पनि लुकाउने काम धेरै गरेका छन् । उनी कुनै पनि विवाद चाहाँदैनन्, त्यसैको उदाहरण हो ललितपुरको मतगणना स्थलबाट वाहिरिएको भिडियो। मिडियामा वोलिसकेपछि विवादमा परिन्छ भन्ने उनलाई जानकारीमा छ। त्यसैले उनी भागी हिडेका छन् । उनी मतदाताको कुनै पनि तह र तप्कामा आफूबारे प्रश्न उठेको रुचाउँदैनन्। 

तर, निर्वाचनको समयमा बालेन क्रेज यसरी अगाडि आयो, जो कोही उनैलाई भोट हाल्न बाध्य भए । विशेष गरी काठमाडौं महानगरपालिकाका करिव २० हजार नयाँ मतदाता बालेनप्रति लठ्ठै भए। युवा मतदाताको यो पंक्ति सिद्धान्तभन्दा भन्दा पनि तत्काल रिजल्ट चाहान्छ। वर्षौवर्ष राजनीति गरेर, त्याग गरेर पद प्राप्त गर्ने कुरा उनीहरुको रुचीमा पर्दैन। उनीहरु हरेक कुरामा सुधार भन्दा पनि हस्तक्षेप चाहान्छन्। आफु अगाडि नपर्ने तर, हिन्दी फिल्ममा झै अरु नै कोही आएर ति सवै कुरा गरिदिओस भन्ने चाहान्छन्।

राजनीतिक दलका नेताकार्यकर्ताले गफ मात्रै सुनाई रहेका वेला बालेन साह अगाडि आए। उनको राम्रो पक्ष मात्रै वुझेका युवाहरुले बालेनलाई अर्कै ग्रहबाट आएझै गरेर ब्यवहार गरिरहेका छन् । सत्य नै भएपनि बालेनको नकारात्मक टिप्पणी उनीहरु सुन्न तयार छैनन्। उनीहरुले बालेनलाई आफु जस्तै सोचेका छन् । कतिपयले त ‘फिल्म हेर्दा हिरोको ठाउँमा आफुलाई राखेर रोएझै’ आफुलाई नै बालेन साह सोचिरहेका होलान।

दिमागमा असन्तोष र हातमा मोवाईल वोकेर वसेको यही पुस्ता अहिले राजनीतिमा हस्तक्षेप गर्ने तहमा पुगेको परिणाम हो– बालेन साह। जो आफुलाई सामाजिक सञ्जालमै सिमित राख्न चाहान्छन् र फेसटुफेस वहस गर्न डराउँछन्। राजनीतिक विश्लेषकहरुका अनुसार बालने साह यही प्रवृत्तिको प्रतिविम्व पनि हो। बालने साहले आफुलाई कालो चस्माभित्र लुकाउन कारण पनि यही हो भन्ने उनीहरुको वुझाई छ।

यही कुरा बालेनका समर्थकहरुमा पनि लागु हुने उनीहरु वताउँछन्। आम नेपालको चासोलाई मिडियामार्फत वाहिर ल्याउनुको सट्टा मिडियाबाट भाग्न खोज्नु बालेनको कमजोरी भएको उनीहरुको वुझाई छ। 

सामाजिक सञ्जालमै पनि बालेनको यो हदको गैरजिम्मेवारी पनको आलोचना भईरहेको छ। एक जना फेसवुक प्रयोगकर्ताले ‘नेतृत्व लिएर देश कायापलट पार्छु भन्ने मान्छे यसरी मेडियासँग भाग्न नहुने हो। अब संसारको आखा तपाईमा छ। तपाईको यो हर्कतले नेतृत्वमा परिपक्वता नभएको हो कि जस्तो देखियो।’ भन्दै टिप्पणी गरेका छन्।

यसैगरी अर्का फेसवुक प्रयोगकर्ताले बालेनलाई घमण्डीको संज्ञा दिएका छन्। ‘मेयर जित्न लाग्दा त धमण्ड यस्तो छ ...को। भोली प्रधानमन्त्री बन्यो भने के गर्ला यसले? सर्बसाधारणलाई त मान्छे नै गन्दैन होला। दुई सब्द बोल्दैमा के जान्थो र?’ भन्दै उनले तिव्र आलोचना गरेका छन्
यो पनि,

विशेष