News

कोर एरियामा स्थापितलाई बालेनको भन्दा तेब्बर मत, जित्ला त एमाले ?

कोर एरियामा स्थापितलाई बालेनको भन्दा तेब्बर मत, जित्ला त एमाले ?

काठमाण्डौंको कोर एरियामा प्रवेश गरेपछि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन साहको तुलनामा तेब्बर मत ल्याउन थालेका छने । 

महानगरपालिकाको २७ नम्वर वडाको मत गणना गर्दा स्थापितको मत दर तेब्वरको हाराहारीमा छ। वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गणनाको क्रममा २०० मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् ।

बालेनले ४३ मत मात्रै पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४१ मत ल्याएकी छन् ।

तर, अहिलेसम्मको मत परिणाममा बालेन शाह स्थापित र सिर्जनाभन्दा एघार हजार भन्दा वढि मतले अगाडि छन्। 

बिहीबार साँझ ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै पाएका छन्। काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।
 

विशेष