News

दमकमा ओलीको वडामा पसेपछि एमालेको भोट बढ्यो, यस्तो छ रोचक प्रतिस्पर्धा

दमकमा ओलीको वडामा पसेपछि एमालेको भोट बढ्यो, यस्तो छ रोचक प्रतिस्पर्धा

दमक नगरपालिकाका १० वटा वडामध्ये ८ वटा वडाको मतगणना गर्दा अघिअघि लागेको ‘महागठवन्धन’ एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामा पुगेपछि पछि परेको छ।

अध्यक्ष ओलीको घर रहेको वडा नम्बर ५ को मतगणना सुरु भएपछि अन्य वडामा पछि परेका एमालेका उम्मेदवार उक्त वडामा अघि लागेका छन् । अग्रता लिइरहेका गठबन्धनका मेयर उम्मेदवार राम थापा र उपाध्यक्षकी उम्मेदवार रेगिना भट्टराई भने सुस्त भएका छन् ।

वडा नम्बर ५ को प्रारम्भिक मत गणनाअनुसार एमालेकी मेयर उम्मेदवार गीता अधिकारीले ३६९ मत पाउँदा राप्रपाका राम थापाले २३१ मत पाएका छन्। त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार अम्बिका प्रसाद खनालले ३२३ मत पाउँदा कांग्रेसकी रेगिना उप्रेतीले २६५ मत पाएकी छन्। 

यसैगरी, वडाध्यक्षमा एमालेले ४०१ मत पाउँदा गठबन्धनका उम्मेदवारले २०८ मत मात्रै पाएका छन्। १० वटा वडा रहेको नगरपालिकामा अब ५ पछि ६ नम्बर वडाको मत गणना हुनेछ । अन्य वडाहरूको मतगणना भइसकेको छ।

हालसम्म ८ वटा वडाको मत गणना हुँदा राप्रपाका राम थापाले १४ हजार ५७० मत पाएका छन् भने एमालेकी गीता अधिकारीले १३ हजार ७०० मत पाएकी छन्। त्यस्तै उपमेयरमा एमालेले १३ हजार ५३६ मत पाउँदा कांग्रेसले १३ हजार ९३१ मत पाएको छ।

वडा नम्बर ५ को गणनाबाट मतान्तर घटाउने र वडा नं. ६ बाट जित्ने एमाले नेताहरुको दावी छ। तर, गठवन्धनका नेताहरुको दावी भने फरक छ। वडा नं. ५ केपी ओलीको वडा भएकाले एमालेले मतान्तर घटाएपनि अगाडि लाग्न नसक्ने उनीहरु वताउँछन् । वडा नं. ६ मा सरदर वरावर मत आउने भएकाले गठवन्धनले जित्ने उनीहरुको दावी छ।

वडा नं. ५ ले हार जितको स्पष्ट संकेत गर्न नसके बाँकी रहेको वडा नम्बर ६ ले मात्रै हारजितको टंगो लगाउने नेताहरु बताउँछन् ।

यो पनि,

ओलीलाई आफ्नै वडा जोगाउन मुस्किल, दमकमा राप्रपा अगाडि

 

दमक नगरपालिका

विशेष