धिरजलाई आइजिपी बनाउने निर्णय विरुद्ध दुई एआईजी अदालत जाने
धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय विरुद्ध दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अदालत जाने भएका छन् । सरकारको निर्णयले आफुहरु अन्यायमा परेको भन्दै उनीहरु अदालत जाने तयारीमा लागेका हुन।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।
पोखरेलनिकट स्रोतका अनुसार नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्यायपुर्ण वढुवा भएको हो। पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।
यता, कांग्रेस नेता शेखर कोइरालाले पनि प्रहरी महानिरीक्षक नियुक्तिको सामाजिक सञ्जाल मार्फत विरोध गरेका छन् । वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उनले ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ’ भन्दै प्रतिक्रिया दिएका छन्।
धिरजप्रताप सिंह आईजीपी